www.tandavnews.com
Fact ~ In search of truth

महिला राष्ट्रिय भलिबल : आज चार खेल सम्पन्न, भाेली क्वाटरफाइनल

विनिता सुनार
पोखरा,ताण्डव न्यूज ।

पोखरा रंगशालामा जारी दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दोस्रो दिन (आज) चार खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा प्रदेश नं १ ले सुदुपश्चिमलाई २५–१३, १५–२५, १७–२५, २५–२२ र १५–११ ले पराजित गरेको हो ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा कर्णाली प्रदेशले प्रदेश नं २ लाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा कर्णालीले प्रदेश नं २ लाई २५–२३, १०–२५, २५–१० र २५–१६ ले जित हासिल गरेको छ ।

Batas

यस्तै तेस्रो खेलमा एफिएफले सुदुरपश्चिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले २५–४, २५–७ र २५–३ को सेटमा पराजित गरेको हो ।

आजको अन्तिम खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई ३–० सेटमा पराजित गरेको छ ।

प्रदेश नं ५ ले २५–१५, २५–११, २५–१० को सेटमा पराजित गरेको हो । विहिवार क्वाटरफाइनल खेलहरु हुने आयोजले जानकारी दिएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.