www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिनको अवसरमा गाउँपालिका प्रमुखद्धारा ५० हजार सहयोग

 

 

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

आजभोली जन्मदिन मनाउने नाममा दिईने पार्टी र बिशेष ‘टिट’ मा धेरैले हजारौँ रुपैयाँ खर्च गर्ने गरेका छन । जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशी खर्च गर्दै महंगा होटलमा साथीभाई जम्मा गरेर केक काट्नेदेखि रमाउने चलन छ । तर पर्वतको जलजला गाउँपालिका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले भने अनाथालयलाई व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।

जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा त्यो रकम अप्ठ्यारोमा परेकाहरुलाई प्रदान गर्दा उनीहरुको उद्धार र आँपूmलाई धर्म प्राप्त हुने भन्दै मल्लले बागलुङमा रहेको मानव सेवा आश्रमलाई नगद प्रदान गरेका हुन् । आफन्त तथा परिवारजन नभएका अनाथ नागरिकलाई संरक्षण गर्ने दायित्व राज्यको भएपनि संस्थाले जिम्मा लिएकोमा गाउँपालिका प्रमुख मल्लले धन्यबाद पनि दिएका छन् ।

गाउँपालिका प्रमुख मल्लले २५ जनालाई जनही दुई हजार पर्ने गरी ५० हजार रुपैयाँ संस्थालाई एकमुष्ठ सहयोग गरेका हुन ्। सहयोग हस्तान्त्रणपछि बोल्दै मल्लले आगामी दिनमा समेत यस्ता संघसंस्थालाई आफ्नो निरन्तर सहयोग रहने पनि बताए ।

आश्रममा परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका बृद्धबृद्धा तथा बालबालिकालाई संरक्षण दिँदै आएको छ । संस्थाले विशेष गरी मानसिक सन्तुलन गुमाएर अलपत्र परेका, सडक बालबालिकालाई लगेर हेरचाह गर्ने गरेको जनाएको छ । अहिले उक्त संस्थामा २५ जना आश्रित भएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.