www.tandavnews.com
Fact ~ In search of truth

एसियाली लघु चलचित्र प्रतिस्पर्धामा नेपालबाट ‘इन्टु द लाइट’छनोट (भिडियो)

पोखरा
ताण्डव न्यूज ।

एसियाली लघु चलचित्र प्रतिस्पर्धाको अन्तिम चरणमा नेपालबाट ‘इन्टु द लाइट’ छनौट भएको छ । विभिन्न चरणको छनोट प्रकृया पछि पोखराबाट निर्मित चलचित्र अन्तिम १२मा पर्न सफल भएको हो ।

लागुपदार्थ प्रयोगकर्ता र एचआइभी संक्रमितहरुको क्षेत्रमा कार्य गर्दै आएको संस्था ‘कम्युनीटि सपोर्ट ग्रुप, पोखरा’बारे निर्माण गरिएको चलचित्रमा संस्थाले सुरुवाती देखी गर्दे आएका कार्यहरु प्रस्तुत गरिएको छ ।

Batas

‘कम्युनीटि सपोर्ट ग्रुपले लागुपदार्थ प्रयोगकर्ताकालागि हार्म रिडक्सन प्रोग्राम र एचआइभी संक्रमितकोलागि केयर होम साथसाथै सिनियर सिटिजन, डिसास्टर म्यानेज्मेन्ट लगायतका विविध सामाजिक उत्तरदायीत्वका कार्यहरु गर्दै आएको छ । यिनै विषयहरु समेटेर हामीले सर्ट फिल्म बनाएका हौँ’ निर्माता कृष्णकुमार श्रेष्ठले भने ।

फिल्मको निर्देशन कृष्णकुमारले नै गरेका हुन् । छायांकनमा उनलाई तेजन थापाले साथ दिएका छन् ।

 यसबाहेक पोखराबाटै राजेन्द्र अधिकारीको माई एक्जीस्टेन्स, पुस्कर थापा मगरको हार्म रिडक्सन सेभ लाइफ र बिष्णु गौतमको टु द एभरेस्ट एण्ड बियोण्ड पनि छनोटमा परेका छन् ।

लागु पदार्थ प्रयोगकर्ताहरुको एशियाली सञ्जाल (एएनपियुडी)ले आयोजना गरेको प्रतियोगितामा नेपाल लगायत १६ एसियाली मुलुकहरुको सहभागिता रहने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.