www.tandavnews.com
Fact ~ In search of truth

बाह्रैमास पानीको जोहो गर्ने चिन्ता

 

 

दमौली ।

बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ ।

तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउछन् । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उनले भने ।

Lama collectio News Middle

धारोमा पर्याप्त पानी नआएपछि पँधेरोको भर पर्नुपर्ने स्थानीयवासी पूर्णिमाया आलेले बताए । दुई सय ४९ घरधुरी रहेको उक्त गाउँमा पाँच पँधेरो छ । उनी भन्छन, “पँधेरासम्म पुगेर पानी भरेर आउँदा एक घण्टाभन्दा बढी लाग्छ । वर्षात्को समयमा पँधेरोको पानीले जसोतसो पुग्छ, हिउँदमा घण्टौँ लाइन बस्नुपर्छ ।” परिवारको एक जना खानेपानीकै जोहो गर्न खटिनुपर्छ । “खानेपानी भर्न लाइन बस्नुपर्दा कहिलेकाहीँ छोराछोरीलाई विद्यालय पठाउन सक्दैनौँ,” आलेले भने ।

मगर बस्ती रहेको रघुगाउँमा खानेपानी समस्या समाधानका लागि दुई करोडको लागतमा केन्द्रीय परियोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण थालिएको छ । रघु खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा बजेट अभावमा दुई वर्षदेखि आयोजनाको काम रोकिएको बताउछन् । खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

शाखा ट्याङ्कीसम्म पाइप विस्तार गरिएको छ भने मूल ट्याङ्की, वितरण लाइनको पाइप विस्तार तथा पानीको मूललाई तारजालीले घेर्न बाँकी छ । दुई वर्षयता आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । दुई वर्षभित्र सक्ने गरी २०७१ कात्तिकमा उक्त आयोजना निर्माणको काम थालिएको हो । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery