www.tandavnews.com
Fact ~ In search of truth

प्रस्तावित राजदुत दीपक र गणेशप्रसादको नाम अनुमोदित

 

 

काठमाडौँ ।

प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज बिहिबार बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव छन् । बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाएका थिए।

समितिका सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जीतेन्द्रनारायण देव, पूर्णकुमारी सुवेदी, भीमसेनदास प्रधान, शिवकुमार मण्डल र पार्वत गुरुङले आर्थिक कूटनीतिमा ध्यान दिई नेपालमा थाइल्याण्ड र फ्रान्सको थप लगानी ल्याउनका लागि पहल गर्न प्रस्तावित राजदूतद्वयलाई सुझाव दिएका थिए। रासस

तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.