पोखरा,
ताण्डव न्यूज ।
आठौँ संस्करण स्व. रन्जित गुरुङ स्मृति बगर भाइ खलक एट ए साइडको आयोजनामा अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता–२०७५ हुने भएको छ । माघ ८ गतेदेखि माघ १२ गतेसम्म पोखराको टुँडिखेल स्थित राष्ट्रिय माध्मिक विद्यालयको प्राङगणमा हुने विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतियोगिताले नयाँ पिढीलाई खेलकुद प्रति रुची बढाई खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।‘प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटनको प्रर्बद्धन हुनेछ,’ उनले भने, ‘स्वास्थ्य प्रति जागरुक बनाई १ घण्टा व्यायाम गर्नुपर्ने सन्देश जाने हामिले विश्वास गर्दछौँ ।’
यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख रुपैँया रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् , द्धितिय पुरस्कार ५० हजार रुपैयाँ, रनिङ शिल्ड प्रमाणपत्र प्रदान गरिनेछ ।यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित ५ हजार रुपैया र फाइनल म्याचको म्यान अफ दि म्याचलाई ट्रफी सहित ५ हजार रुपैँया प्रदान गरिने आयोजकले जानकारी दिए ।
प्रतियोगितामा काठमाण्डौ, पोखरा,चितवन, हेटौडा,बुटवल ,कैलाली,विरगन्ज लगायत विदेशी २ टिम गरी २६ टिमको सहभागि रहने आयोजकले जनाए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.