www.tandavnews.com
Fact ~ In search of truth

कैलाश र ब्लू क्रस अस्पताल विच स्वास्थ्य सेवा सम्झौता

 

पोखरा ।

कैलाश विकास बैंक लिमिटेड र ब्लू क्रस अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र ब्लू क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतामा ब्लू क्रस अस्पतालले कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

बैंकको शाखा संख्या ८२ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । यस बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.