www.tandavnews.com
Fact ~ In search of truth

अचम्मको सामाजिक सञ्जालको प्रयोग

मार्क जुकरबर्गले एउटा यस्तो गजबको भुल्ने माध्यम बनाए, जसमा अहिले दुनियाँ भुलेको छ । बच्चादेखि बृद्धासम्म यसैमा अल्झिएका छन् । बच्चा जन्मनै पाको छैन, त्यसको नाममा फेसबुकको एकाउन्ड दर्ता भैसक्छ । बुद्ध हजुर बा, हजुरआमा पनि चाउरी परेका गाला तन्काउँदै, एकादुई बाँकी रहेका दाँत देखाउँदै फोटो पोस्ट गरेको देख्न पाइन्छ ।

हामी सबैले सामाजिक सञ्जालको प्रयोग गर्छौै । ‘हेलो हाइ’ बाट बोल्न आरम्भ गरी आफ्नै लयमा साथीभाई इष्ट मित्रसँग कुराकानी गर्छाै । विदेश भएकालाई पनि सामाजिक सञ्जालले नजिक बनाएको छ । भिडियोमै सन्चो विसन्चोका खबर आदनप्रदान हुन्छ ।

आखिर, सामाजिक सञ्जालले टाढा भएकालाई नजिक बनाएकै छ नै । सामाजिक सञ्जालले नै गर्दा को कहाँ छ सबै पत्ता पाइन्छ । तर, नजिकसँगै यसले नजिकको सम्बन्धलाई पनि टाढाको महसुस गराएको छ । जस्तो केही प्रसंग, एउटा घरमा डेरामा दुई दाई भाइ बस्छन् । वाइफाइ हुनु स्वाभिव नै हो । तेसो त आजकल घरमा बस्न जाँदा पहिलो प्रश्न नै त्यही हुन्छ, वाइफाइ त छ नि ? खैर ! कोठामा रहेका दुई दाजुभाई मोबाइल अर्थात इन्टरनेटमा बिजी हुन्छन् ।

Batas

ताकि उनीहरुलाई मुखले भन्नुभन्दा पनि म्यासेजको माध्यमबाट कुरा गर्न सहज हुन्छ । दाईले म्यासेज पठाउँछ, ‘भाइ, भात पकाउनु ढिला भयो ।’ उता भाईबाट रिप्लाइ आउँछ, ‘पख्नु त ५ मिनेटपछि पकाउँला ।’ फेरी दाइले भन्छ, ‘भोक लागि सक्यो ।’ भाइले रिप्लाई फर्काइहाल्छ, ‘वयट’ ।

आजकल त श्रीमान श्रीमति पनि मुख खोलेर बोल्न छोडे । च्याटबाटै कुरा हुन्छ, च्याटमै माया, च्याटमै झगडा अनि च्याटमै डिमान्ड । साथीभाईमा पनि सामाजिक सञ्जालको प्रयोग अधिक हुन्छ । एउटाले फोटो पोस्ट गर्न पाएको छैन् ।

लाइक र कमेन्ट कति आउँछ पिरलोलेसताउँछ । भरसक, जोकोही लाइक बढि नै आओस भन्ने चाहन्छ । कतिले त सिधै च्याट मार्फत लाइक र राम्रो कमेन्ट गर्नको लागि म्यासेज पठाउने समेत काम गर्छन् । नराम्रो कमेन्ट गर्नेलाई अनफ्रेन्ड कि ब्लक गर्नेको जमात पनि उत्तिकै भेटिन्छ ।

मेरो पनि सामाजिक सञ्जाल (फेसबुक)मा थुप्रै यस्ता साथी छन् । जसको पोस्ट देखेर मलाई पनि उजेक लाग्छ, बडो अचम्म लाग्छ । लाग्छ, सामाजिक सञ्जाल (फेसबुक) जुकरबर्गले उसकैको लागि मात्र बनाएको हो ।

जस्तो कि, ‘आज म …जादैछु । आज थकालीमा गएर मिठो ढिडो खाइयो । मेरो फोटो धमिलो आएपनि मनको सफा छु है साथी ।’ अनि स्टाटस अनुसारको इमोजी, हाँसेको, रोएको । साथमा फिलिङ रमाइलो, ह्याप्पि आदी, इत्यादी ।

आजकल फोटोमा पनि बढी चलेको ‘सेल्फी ।’ कहाँ, कस्तो परिवेश मतलब छैन् । सिधै पकेटबाट मोबाइल झिक्यो अनि, ओठ चुचो पा¥यो, फोटो खिच्यो । साथीपनि कतिसम्म गर्छन् भने, मान्छे मरेको ठाउँमा गएर सेल्फी लिन्छन् । फोटो खिचिसक्नु पाको छैन फेसबुकमा पोस्ट गर्न हतारो । त्यही पोस्टमा कमेन्टभन्दा लाइकको ओइरो लाग्छ । कतिले भन्छन् ‘कस्तो मान्छे होला मान्छे मर्दापनि सेल्फी लिने । त्यसैमाथि लाइक । ननसेन्स ।’

कतिपय यस्ता साथीपनि छन् जसलाई हेलो भनेर पठायो भने हाइ भनेर लेख्न मुस्किल पर्छ । बोलिचालीको भाषामा भन्नुपर्दा, ‘भाउ खोज्ने ।’ कोही फेरी बोल्न लाग्यो भने कतिखेर अफ भइदिउ भन्ने लाग्छ । अचम्म,अचम्मका साथी भेटिन्छन् यो जुर्करबर्गको आविष्कार भित्र ।

यी र यस्ता प्रसंग सामाजिक सञ्जालमा हामी दिनहूँ जस्तो हेर्नी गर्छौ । मन परे लाइक, सेयर र सुझावको लागि कमेन्ट पनि दिने गर्छाै । तर, कतिपय सञ्जालका यस्ता साथी छन् जसलाई फोटो पोस्ट गर्दा के अर्थ दिन्छ त्यसको हेक्का नगरी पोस्ट गर्दिन्छन् ।

सोचौं न, यो हतारोपनि अल्लि सस्तो भयो कि ? सामाजिक सञ्जाललाई यति सस्तो पनि नबनाऔ होला ताकि आफ्नै पोस्टमा अरुले खुच्चिङ गर्ने दिन नआओस् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.