www.tandavnews.com
Fact ~ In search of truth

रमाइलो रोइला गीत ‘तिउन चाख्ने बानी’ सार्वजनिक

पोखरा,
ताण्डव न्यूज ।

लोक दोहोरी गायक तथा संगीत संयोजक तारानाथ आचार्य र माया गुरुङको स्वरमा रमाइलो रोइला गीत ‘तिउन चाख्ने बानी’ सार्वजनिक भएको छ ।
डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालिको युटुब च्यानलफर्मात सार्वजनिक गरिएको गीतमा चोटिलो शब्दबाट दोहोरी खेलिएको छ । तारानाथ आचार्यको लय सृजना, माया गुरुङको शब्द रहेको सो गीतको भिडियो लेखनाथ महोत्सवमा छायांकन गरिएको छ ।

गणेश सापकोटाको छायांकन रहेको गीतमा सुबास अमगाईले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई स्वयम् तारानाथ आचार्यले निर्देशन गरेका छन् । गीतको छायांकनमा दिपक पौडेल, कुमार गुरुङ, रबिना गुरुङ र रमा रानाले साथ दिएका छन् ।

Batas

https://www.youtube.com/watch?v=g901tR6LnVQ

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.