www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसका त्यागी नेता रेग्मीको निधन

काठमाडौँ ।
नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।

काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ ।

यसअघि उहाँको पार्थिव शरीरमा काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका उनले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्व रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व रेग्मीका दुई श्रीमती छन्। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.