www.tandavnews.com
Fact ~ In search of truth

पदयात्रा पर्यटनका लागी अन्तर्राष्ट्रिय प्रर्वद्धनात्मक भ्रमण

पोखरा ।

अन्नपूर्ण सर्किटसहितका पदमार्गको प्रवद्र्धनको उद्देश्यसाथ टे«किङ एजेन्ट्स एशोसीयशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घले आजदेखि मलेसिया र इण्डोनेसियाका लागि ११ दिने प्रर्वद्धनात्मक भ्रमण थालेको छ ।

विश्वकै १० उत्कृष्ट पदमार्ग मध्येको अन्नपूर्ण सर्किट लगायतका पदमार्गमा पदयात्राका लागि वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेकोले अन्तर्राष्ट्रिय प्रर्वद्धनात्मक भ्रमण शुरु गरिएको हो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलका अनुसार २२ सदस्यीय प्रर्वद्धन भ्रमण टोलीले मलेसिया, इण्डोनेसिया लगायतका स्थानमा पुगी यहाँका पदयात्रा, पर्यटनका गतिविधि एवं प्राकृतिक सुन्दरता लगायतका विविध पक्षबारे त्यहाँका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्ने छ ।

अन्नपूर्ण सर्किटमा पछिल्लो समय मलेसिया, इण्डोनेसियाका पर्यटकको आकर्षण बढ्दै गएको उनले बताए । पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सङ्घ संस्थाको विदेशी मुलुकमा यस अघि पनि विभिन्न प्रर्वद्धनात्मक भ्रमण भए पनि टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा पदयात्रा क्षेत्रको प्रर्वद्धन हुन लागेको अध्यक्ष भुजेलको भनाइ छ ।

“प्रर्वद्धनका क्रममा हामीले त्यहाँका पदयात्रा पर्यटन सम्बद्ध व्यवसायीसँग अन्तरक्रिया गर्ने छौँ,” उनले भने । “यो भ्रमणले अन्नपूर्ण सर्किटका साथै समग्र नेपालको पदयात्रा पर्यटनमा ठूलो टेवा पुग्ने हाम्रो विश्वास छ ।”

भ्रमण टोलीलाई आज पोखरामा बिदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले यस भ्रमणले गण्डकी प्रदेशसहित समग्र देशको पदयात्रा पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताए । तथ्याङ्कअनुसार नेपाल आउने पर्यटकमध्ये झन्डै ७० प्रतिशत पदयात्राका लागि जाने गरेका छन् । पछिल्लो तथ्याङ्कले नेपाल पदयात्राका लागि आउने कूल पर्यटकमध्ये सिङ्गापुर र मलेसियाका पर्यटकको सङ्ख्या लगभग २५ प्रतिशत रहेको छ । त्यस्तै इण्डोनेसियाबाट आउने पर्यटकको सङ्ख्या १० प्रतिशत छ ।

प्रवद्धनात्मक भ्रमणका संयोजक एवं नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाले सन् २०१८ मा मलेसियाका करीब २५ हजार पर्यटक नेपाल आएको जानकारी दिए । उनका अनुसार यस अवधिमा इण्डोनेसियाबाट आउने पर्यटकको सङ्ख्या लगभग आठ हजार छ । पछिल्ला वर्षमा यी मुलुकबाट आउने पर्यटकको सङ्ख्या वर्षेनी बढ्दै गएको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.