www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा पहिलो पटक पिकलबल खेल सुरु

पोखरा ।

नेपालमा पहिलो पटक पिकलबल खेल सुरु गरिएको छ । पोखरा १५ स्थित वृटिश गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन कोर्टमा यो खेल सुरु गरिएको हो ।
खेलमा नेपाली खेलाडी सहभागि छैनन । तर यो खेल भने नेपालीले नै भित्राएका हुन । बेलायतलाई कर्म थलो बनाएर खेल तथा सामाजिक क्षेत्रमा कृयाशिल नविन गुरुङको सक्रियतामा यो खेल पहिलो पटक नेपाल भित्रिएको हो ।

सहारा क्लब पोखरामा मानार्थ सदस्य समेत रहेका गुरुङले केही भारतिय र बेलायती खेलाडीलाई पोखरा ल्याएर आफ्नै पहलमा प्रतिष्पर्धा मात्र गराएका छैनन पहिलो पटक नेपाली भूमीमा यो खेल भित्राए । गुरुङ भन्छन–“मेरो मुख्य उद्धेश्य पिकलबल नेपालमा सुरु होस र यसलाई परिषदमा दर्ता भएर आधिकारिक रुपमा अघि बढोस भन्नेनै हो ।” यो खेलको बिकास नेपालमा हुन सके खेलकुद मार्फत पर्यटन प्रर्वद्धन गर्न अहम भूमिका खेल्न सक्ने गुरुङले बताए ।

Batas

दुइ दिन सम्म चल्ने यो प्रतियोगितामा भारत र बेलायतका गरि २६ जना खेलाडी सहभागी छन । प्रतियोगितामा बेलायतबाट १० र भारतका १४ जना खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन । प्रतियोगिता वेष्ट अफ थ्रि लिग कम नक आउटका अधारमा खेलाइने भएको गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । सांसद थापाले सो अबसरमा पिकलबल खेल नेपालमा भित्रायाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रम सहारा क्लबका अध्यक्ष केशब थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल टुरिजम कलेज पोखराका अध्यक्ष अशको पालिखे र सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगिता सफल बनाउन चौधरी फाउन्डेशन ग्रुपले मुख्य प्रायोजन गरेको छ भने पारागन कलेज बेलायत, होटल तपोवन काठमाडौ पनि प्रायोजकका रुपमा रहेका छन ।

के हो त पिकलबल ?

सन १९६५ मा अमेरिकाको ब्रेन व्रिज द्विपमा आविष्कार भएको यो खेल अहिले विश्वका अधिकांश मुलुकमा खेलिन्छ ।

बाल बालिका देखि प्रौढ उमेर समुह सम्मले सजिलै खेल्न सक्ने पिकलबल टेवुल टेनिस, ब्याडमिन्टन र टेनिसको समृष्णयूक्त खेल हो । यो खेल ब्याडमिन्टन कोर्टमा खेल्न सकिन्छ भने विचमा लगाइएको नेट जमिन भन्दा ३६ इन्च मात्रै उठाइएको हुन्छ ।

शुलभ र टेवुल टेनिसको र्याकेट भन्दा केही ठूलो आकारको र्याकेटले खेलिने यो खेलको बल भने टेनिस आकारमा प्लाष्टिकको जाली परेको हुन्छ । सिङ्लस, डवल्स्, मिक्स डवल्स् सबै विद्यामा यो खेल हुने गर्छ । यो खेल अन्य खेल भन्दा सजिलो र लामो समय खेल्दा पनि नथाकिने हुनाले जुन सुकै उमेर समुहले खेल्ने र मनोरंजन लिने गर्छन ।

तस्बिर :सुर्दशन रन्जित

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.