www.tandavnews.com
Fact ~ In search of truth

मालढुंगा दुर्घटनामा परेकाहरुलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

बिहीबार बिहान पर्वतको कुश्मा नगरपालिका १ पाङको मालढुंगामा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको परिवार र घाईतेहरुलाई घट्ना भएको जलजला गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

दुर्घटनामा परेका गाउँपालिकाभित्रका मृतक र घाईतेहरुलाई दुःखको बेलामा थोरै भए पनि राहत होस भन्ने उद्धेश्यले गाउँपालिकाको बैठकबाट आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल ९रामकृष्ण० ले जानकारी दिए ।

उनका अनुसार मृतकका परिवारलाई किरिया खर्च स्वरुप १५ हजार र घाईतेको परिवारलाई उपचारका लागि ५ हजार रुपैया सहयोग गर्ने निर्णय भएको हो ।

‘मृत्यु हुनेका परिवारलाई तत्कालका लागि १५ हजार र उपचार गराईरहेका घाईतेहरुलाई ५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने निर्णय गरेका छौँ । हाम्रै पालिकामा भएको दुर्घटनामा हाम्रै पालिकाभित्रका बासिन्दा पनि परेका छन । उनीहरुलाई थोरै भएपनि राहत मिल्छ भन्ने हेतुले यो निर्णय गरेका हौँ ।’ मल्लले भने ।

दुर्घटनामा जलजला गाउँपालिकाका वडा नं। ७ र ८ का गरी ४ जनाको ज्यान गएको छ भने १४ जना घाईते भएका छन् । घाईतेहरुको पोखरा र काठमाण्डौका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

यस अनुसार गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएकाहरु ४ जनाको परिवारको लागि ६० हजार रुपैयाँ र घाईते भएका १४ जनाको परिवारलाई ७० हजार रुपैयाँ गरी कुल १ लाख ३० हजार रुपैयाँ खर्च गर्ने भएको छ ।

म्याग्दीको बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्वरको बस दुर्घटना हुँदा ७ जनाको ज्यान जानुका साथै ३१ जना घाईते भएका थिए । तीन जनाको घटनास्थलमा र चार जनाको जिल्ला अस्पताल बागलुङमा उपचारको क्रममा ज्यान गएको थियो ।

घाईते मध्ये ९ जनाको काठमाण्डौका छाउनी र ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ भने २२ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.