www.tandavnews.com
Fact ~ In search of truth

बेगनासमा बृहत् सफाई अभियान ४४औं हप्तामा

पाेखरा ।

बेगनासताल बृहत् सफाई अभियानको ४४ औं हप्ता शनिबार सम्पन्न भएको छ।

“वेगनास ताल हाम्रो हो हामीले नगरे कस्ले गर्ने? अहिले नगरे कहिले गर्ने?” भन्ने भावनाका साथ ४४ औं हप्ता सम्पन्न भएको अभियानका अभियन्ता तथा वेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाटले वताए।

Batas

गत माघ २० देखि सुरुवात भएको कार्यक्रमले यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य वेगनासताल स्वच्छ र सफा बनाउने उदेश्यले प्रत्येक हप्ता सफा गर्दै आईरहेको छ।

फोहोर जस्तो संवेदनशील कुरा यस क्षेत्रको ईज्जत संग जोडिएको हुनाले पर्यटकको आतिथ्यतामा फरकपनको आभाष होस भन्ने हेतुले अभियान नै संचालन गरेर सरसफाई कार्यक्रम गरिएको अभियन्ता रानाभाटले भने।

क्लव भवन देखि शुरु भएर मन्धरेपार्क, ड्यामसाईड,पर्यटन मार्ग, नहरचोक, वसपार्क हुँदै क्लव भवन सम्म सफाई गरिएको थियो। क्लवले समाजमा सचेतना ल्याउन अभियान नै संचालन गरिरहंदा केहि स्थानीय तथा होटल रेस्टुरेन्ट व्यवसायी हरुको वेवास्ताले गर्दा अझै पनि पुर्णरुपमा सफा हुन नसकेको अवस्था देखिन्छ।

सामान्यतया चटपटे, चाउचाउ, गुटका तथा सुर्तीजन्य पदार्थ हरुको कागज तथा प्लास्टिक जन्य फोहोर हरु बढी मात्रामा भेटिन्छन् । तिनको निराकरण तथा समाधानका लागि क्लबले आफ्नै मातहतमा डस्विनको पनि व्यवस्था गरेको छ तर मानिसहरुको नैतिकता र आचरणका कारण जथाभावी मिल्काउदा फोहोर जस्ताको त्यस्तै देखिन्छ।

अभियानको शुरुआत देखि नै साथ दिदै आएका होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ, वेगनास महिला समूह, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, बेगनासताल वस संचालक समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, नमुना टोल विकास संस्थाले ४४ औं हप्तामा पनि आफ्नो साथ जारी राखेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.