www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको छाडा गाई नियन्त्रण अभियान : छाडा गाई ल्याउनेलाई पुरस्कार

पोखरा

ताण्डव न्यूज ।

पोखराका मुख्यचोकहरुमा छाडा पशु चौपायाकै कारणले सडक दुर्घटना जोखिम बढेपछि पोखरा महानगरले त्यस्ता पशु चौपायको ब्यवस्थापन सुरु गरेको छ । पोखरा महानगरले पर्यटकिय नगरी पोखराका मुख्यचोकहरु पृथ्वी चोक, अन्यचोकहरु र लेकसाइडका विभिन्न गल्लीहरुमा यत्रतत्र भेटिने छाडा गाइहरु ब्यवस्थापन सुरु गरेको हो ।

Batas

महानगरका सूचना अधिकारी गंगालाल सुबेदीले बजारमा धेरै संख्यामा छाडा गाइहरु देखिन थालेपछि महानगरले त्यसको ब्यवस्थापन गर्न लागेको जानकारी दिए । ‘छाडा गाइहरु धेरै भए, त्यसको ब्यवस्थापन नगरे अन्य दुर्घटना निम्तने खतरा भएपछि महानगरले ब्यवस्थापन सुरु गरेको हो,’ सुबेदीले भने, ‘हामीले गाइ ब्यवस्थापन अभियान थालेको एक हप्ता भयो । यो बीचमा ८० वटा भन्दा धेरै गाइहरु हामीले नियन्त्रणमा लिइसकेका छौँ ।’ त्यसरी नियन्त्रणमा लिएका गाइहरु महानगरले फोहोर फाल्ने क्षेत्र (ल्याण्ड फिलसाइड) मा लगेर राखेको छ । खुल्ला क्षेत्र र नदिको नजिक भएकोले त्यहाँ लगेर राखिएको सुबेदीको भनाई छ ।

अहिले पोखरा बजार क्षेत्र भित्रका गाईहरु महानगरले पृथ्वीचोक नजिकै रहेको खाली ठाउँमा जम्मा गर्ने र पोखरा १४ मा रहेको फोहोर फाल्ने नजिकैको खुल्ला ठाउँमा लैजाने गरेको छ । छाडा गाइ कसैले ल्याए उसलाई प्रोत्साहन स्वरुप केही रकम पुरस्कार समेत दिइने सुबेदीको भनाई छ ।

महानगरले सडकबाट उठाएर ल्याएको गाई कसैले पाल्न लैजान चाहेमा पनि लैजान पाउँछ । त्यसरी गाई लैजाने घर धनीले महानगरसँग कागजी प्रतिवद्धता समेत गर्नुपर्ने छ । ‘सडकबाट ल्याएका गाई कसैले पाल्न लैजान चाहन्छ भने पनि पाउँछ,’ सूचना अधिकारी सुबेदीले भने, ‘गाई लैजाने घर धनीले मैले गाईलाई छाडा छोड्दीन राम्रोसँग पाल्छु भन्ने कागज गरेर लैजानुपर्ने हुन्छ ।’

नियन्त्रणमा लिएका छाडा गाइहरु पोखरा महानगरले केही रकम खर्चेर ल्याण्ड फिल क्षेत्रको खुल्ला ठाउँमा ब्यवस्थापन गर्न लागेसँगै गाइसँग सम्बन्धीत धार्मिक संघसंस्थाहरुले पनि चासो दिएको पोखरा महानगरले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.