www.tandavnews.com
Fact ~ In search of truth

माघ ११ र १२ गते पोखरामा तेक्वान्दो प्रतियोगिता

पोखरा,

ताण्डव न्यूज ।

कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा हिमालयन कम्यूटर गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता–२०७५ हुने भएको छ । अागामी माघ ११ र १२ गते पोखरा रंगशालामा हुने प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

wardno4
Mahanagar add

युवायुवतिहरुमा आत्मबल बढाउन, नयाँ प्रतिभावान खेलाडीहरु पहिचान र उत्पादन गदै कास्की जिल्ला तेक्वान्दाे संघले २३ वटा डोजाङ र स्कुलहरुमा १२ सय भन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण गदै आएको संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

‘खेलमा करिब ७० जना खेलाडीहरु सहभागि हुनेछन्,’ उनले भने, ‘छनोट भएका खेलाडीहरुलाई निरन्तर थप परिक्षण गराई उत्कष्ट परिमाण ल्याउने वातावरण बनाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।’ हिमालयन कम्यटरको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १५ जना प्रशिक्षकहरु संलग्न हुने प्रतियोगिताका संयोजक कुलचन्द्र शर्माले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको लागि करिब ४ लाख २८ हजार खर्च अनुमान रहेको आयोजकले जनाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...