www.tandavnews.com
Fact ~ In search of truth

शान्ति अभियानका अनुपलाई बङ्गलादेशी सम्मान

 

परासी ।

शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ ।

युवा तथा शान्ति स्थापनाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बङ्गलादेशको युवा तथा खेलकूद मन्त्रालयले नेपालका २२ वर्षीय न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

बङ्गलादेशले यो पुरस्कार युवा तथा शान्तिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेलाई प्रदान गर्दै आएको छ । यसैगरी शान्ति अभियान नेपाल नवलपरासीकै महासचिव लिण्डा कालामगर र कार्यकरी सदस्य सिराज परियार पनि सोही पुरस्कारबाट सम्मानित भएका छन ।

बङ्गलादेशकै सोसाइटी फर इनभाइरोमेन्ट एण्ड डेभलप्मेन्ट अबर्जर्भर नामक गैरसरकारी संस्थाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल निवासी गौरव गैरे र सविना सुनारलाई पनि ‘अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’ बाट सम्मान गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

पश्चिम नवलपरासीको सुनवल निवासी न्यौपानेले साउथ कोरिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, बङ्गलादेशलगायतका देशमा पुगेर नेपालको शान्ति निर्माण प्रक्रियाबारे विश्वमा सन्देश फैलाएका छन । त्यहाँका नागरिकलाई शान्ति निर्माण प्रक्रिया र त्यसपछिको अवस्थाका बारेमा उनले विभिन्न कार्यक्रममा प्रस्तुति गर्ने अवसर पाएका थिए।

शान्ति प्रक्रियामा युवा र बालबालिकालाई कसरी परिचालन र सहभागी गराउन सकिन्छ भनेर पनि उनले धेरै देशका यो क्षेत्रमा काम गर्ने व्यक्तित्वसमक्ष आफ्ना विचार राख्दै आएका छन् ।
अनुप यसअघि इन्टरनेशनल युनाइटेड नेसन मोडुल प्रोग्राममा एशिया क्षेत्रबाट उत्कृष्ट ५०० युवामा छनोट पनि भएका थिए । संयुक्त राष्ट्र सङ्घको सर्वोच्च पद महासचिव हुने लक्ष्य आफूले लिएको उनी बताउछन् ।    रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.