www.tandavnews.com
Fact ~ In search of truth

माघ १६ देखि चौथो मुग्री मेला हुने

 

पोखरा,
ताण्डव न्यूज ।

नभ प्रभात युवा क्लबको आयोजना तथा विन कुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा चौथो मुग्री मेला–२०७५ आयोजना हुने भएको छ ।

Batas

माघ १६ देखि २२ गतेसम्म मादी गा.पा–९ मुग्री खेलमैदानमा सञ्चालन हुने मेलाको सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।सेभेन ए साइड फुटबल प्रतियोगितालाई आधार बनाउँदै महोत्सवको रुपमा परिमार्जन गर्ने उद्देश्यले २०७४ सालदेखि मेलाको आयोजना गरेको क्लबका अध्यक्ष तोरण गुरुङले बताए ।

‘मेलामा खुल्ला रनिङ शिल्ड फुटबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रमहरु हुनेछ ।’ उनले भने ‘मेलाबाट बचत भएको रकमलाई गाउँ निर्माणमा खर्च गर्ने योजना रहेको छ ।’
मेलामा खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला सामुहिक रस्सि तान्ने प्रतियोगिता, खुल्ला छैलो हान्ने प्रतियोगिता, चित्रकला प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता हुने मेलाको संयोजक लब्सन गुरुङले बताए ।

‘मेलामा करिब ३ सय अतिथिहरुको लागि होमस्टेको सञ्चालन हुनेछ,’ उनले भने, ‘पोखराबाट मेलासम्म जानका लागि बसको समेत व्यवस्था गरिएको छ ।’ प्रतियोगितामा रनिङशिल्ड फुटबल तर्फ प्रथम पुरस्कार १ लाख रुपैयाँ, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा अनुशासित टिम ३ हजार रुपैयाँ प्रमाण पत्र, उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताहरुले क्रमशः मेलड र प्रमाण पत्र प्राप्त गर्नेछन् । खुल्ला एकल नृत्य तर्फ प्रथम पुरस्कार आकर्षक ट्रफी २१ हजार रुपैयाँ, दास्रो पुरस्कार १० हजार ५ सय रुपैयाँ, तेस्रो पुरस्कार ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट कोरियोग्राफर १५ सय रुपैयाँ, उत्कृष्ट भेषभुषा १५ सय रुपैयाँ र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.