www.tandavnews.com
Fact ~ In search of truth

महानगरलाई चौपाया नियन्त्रणको सकस

छाडा चौपाया नियन्त्रण गर्नको लागि पोखरा महानगरले बेलाबेलामा चासो दिने गरेको पाइन्छ । महानगरले विभिन्न योजना ल्याएपनि व्यवस्थित हुन नसक्दा सडकमै भौतारिएको अवस्था चौपाया भेटिन्छन् ।

महानगरले विशेष समितिनै गठन गरेपनि अहिलेसम्मको कामको गतिविधि हेर्दा दीर्घकालिन देखिएन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि चुनिएर आइसकेपछि छाडा चौपाय व्यवस्थापन प्रमुख मुद्धा बनेको थियो ।

छाडा चौपाय नियन्त्रणमा कान्जी हाउस निर्माण पनि भएको छ । पृथ्वीचोक कृषि उपज बजारसँगैको दमकल हाउस भित्र मिनी कान्जी हाउसको व्यवस्था गरिएपनि सधै रित्तो मात्र देखिन्छ । यसअघि महानगरले पोखरा–१० भलामको दुग्ध सहकारी संस्थाले व्यवस्थापनको जिम्मा दिएको थियो ।

Batas

सडकमा रहेका चौपाएका कारण सवारी सञ्चालनमा प्रभावित बनाए पछि पोखरा महानगरले छाडा चौपायाको व्यवस्थापनमा लागेको थियो । पाँच सय छाडा चौपायालाई व्यवस्थापन गरेबापत महानगरपालिकाले सहकारीलाई मासिक ५० हजार रुपैयाँ दिने गरी दुवै पक्षबीच सम्झौता भएको हो । त्यो कसरत पनि एक महिनासम्म चलेपनि पूर्णता पाउन सकेन् । महानगरको कमजोरी हो या के हो चौपया सडकमै रमाउन थाले ।

फेरी, महानगरले असोजमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भयो । महानगरले पोखरा १७ को लुमन्ती परियोजना नजिकै छाडा चौपाया थुपार्ने तयारी ग¥यो । करिब ७ सय रोपनी जग्गा खाली रहेकोले सोही जग्गामा छाडा चौपायालाई राखिने महानगरका मेयर मानबहादुर जिसीले बताएका थिए । एकपछि अर्को योजना महानगरले बनाएपनि चौपायालाई नियन्त्रण भने गर्न सकेको देखिदैन् ।

छाडा चौपायाका कारण उत्तिकै मात्रामा दुर्घटना भइरहेका छन् । यसले ट्राफिक प्रहरी, साना ठूला सवारी साधनलाई, सडकपेटीमा हिड्ने यात्रुलाई सकस बनाएको छ । अहिले महानगरले प्रमुख मुद्धाको रुपमा रहेको चौपाया नियन्त्रणको लागि पोखरा–१५ छिनेडाँडास्थित बाँच्छेबडुवामा १ सय रोपनी जग्गा लिएको छ ।

उक्त जग्गामा चौपाया व्यवस्थापन गर्न सजिलो हुने महानगरको अपेक्षा छ । महानगरका अनुसार बाच्छेबडुवामा पुराना टिन प्रयोग गरी टहरा निर्माण गर्ने काम चलिरहेको छ । अब बन्ने भनिएको टहरामा २ सय जति चौपाया राख्न सकिने महानगरको भनाई छ । यसको लागि महानगरले ५ लाख खर्च गरेको सुन्नमा आएको छ ।

महानगरको अनुमानित तथ्यांक अनुसार पोखराका सडकमा २ हजारभन्दा बढी छाडा चौपाय छन् । वर्षौसम्म योजना बनाएपनि पूर्णरुपमा व्यवस्थित गर्नको लागि महानगरलाई सकस परेको देखिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.