www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभाको बैठक माघ १४ गते ११ सम्मका लागि अवरुद्ध

काठमाडौँ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ ।

आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काँग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो ।

दोस्रो बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई आशन ग्रहण गर्न पटकपटक आग्रह गरे । अध्यक्षको आग्रहलाई काँगे्रसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही माघ १४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे।   रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.