www.tandavnews.com
Fact ~ In search of truth

अपराध रहित समाज स्थापित गर्न प्रहरी सफल : प्रहरी नायव महानिरीक्षक बोहरा

पोखरा ,
ताण्डव न्यूज ।
आम नागरिकसगँ हातेमालो गर्दै अपराध रहित समाज स्थापित गर्न नेपाल प्रहरी सफल भइरहेको ४ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले बताएका छन् ।

प्रेस क्लब पोखराले आज पोखराको नयाँबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे बोहराले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल भएको बताएका हुन् ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसंग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको बताए । जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत गर्नेहरु लुकेर बस्न नसक्ने उनले बताएका छन

उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उँनले पछिल्लो समय युवायुवतिहरु बढ्दो विकृती विसंगतिहरुको शिकार बन्दै गइरहेको बताँउदै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताए ।

उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.