www.tandavnews.com
Fact ~ In search of truth

कुश्मालाई पर्यटनको ईपिसेण्टर बनाईन्छ : मन्त्री लम्साल

 

 

संजय रेग्मी ,
पर्वत / ताण्डव न्यूज ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्मा बजारलाई पर्यटनको इपिसेन्टर अर्थात केन्द्रबिन्दुको रुपमा विकास गरिने बताएका छन् ।

Batas

गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम पर्यटकीय सम्भावनाले पनि भरिपुर्ण रहेको र पोखराको बिकल्प दिने ठाउँ पर्वत बाहेक अरु नभएका कारण पर्वतलाई इपिसेन्टरको रुपमा विकास गर्न लागिएको उनको भनाई छ ।

सोमबार विहान पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका मुलुककै अग्ला र लामा पुलको परिसरको अवलोकनपछि सरोकारवालाहरुसँगको छलफलमा मन्त्री लम्सालले अग्ला पुल, विश्वकै दोस्रो अग्लो बञ्जि जम्प, कालीगण्डकी नदि र यान्त्रिक पुल जस्ता आकर्षक पर्यटकीय पूर्वाधारलाई लक्षित गरि इपिसेन्टरको रुपमा विकास गरिने बताए ।

उनले सन् २०२२ सम्म पोखरामा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताउँदै पोखराको क्षमताले नभ्याउने पर्यटकहरुलाई नजिकको गन्तव्य पर्वत सदरमुकामसँगै ग्रामीण क्षेत्रमा समेत पूर्वाधारको विकास गरेर यसतर्फ पठाउन सकिने उल्लेख गरे ।

‘पोखराबाट पर्वत ४५ मिनेटमै पुग्न सकिने भएकाले हिमाल पारीको जिल्ला मुस्ताङ, म्याग्दी र बागलुङका विभिन्न पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकहरु पर्वतमा बसेर यहाँबाट अन्य गन्तब्यमा जान सक्नेगरी बिकल्प दिन सकिन्छ ।’ मन्त्री लम्सालले भने । पोखरामा दैनिक झण्डै ३५ हजार भन्दा बढि पर्यटक राख्न सक्ने क्षमता नभएको बताउँदै त्यो भन्दा बढि सख्ंयामा आउने पर्यटकहरु पर्वत लगायत धौलागिरिका जिल्लातर्फ ल्याउनुको विकल्प नरहेको उनको भनाई छ ।

त्यस अवसरमा पर्वतका सरोकारवालाहरुले पर्वतमा रहेका पर्यटकीय पूर्वाधार र सम्भावनाहरुको प्रवद्र्धनका लागि मन्त्रालयले विशेष ध्यान दिन आग्रह गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.