www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा पर्यटन लोगो बनाउने प्रतियोगिता, विजेतालाई ५० हजार

 

 

पर्वत,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ को लागि लोगो र नारा निर्माणको लागि प्रतिस्पर्धा आह्वान गरेको छ।

Batas

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार लोगो र नाराको लागि प्रतिस्पर्धा गराउन लागिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए। उनका अनुसार प्रतिस्पर्धामा संस्था वा व्यक्तिले पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। प्रतिस्पर्धामा सहभागी बन्नेहरुले तयार पारेको लोगो र नारा अबको १५ दिनभित्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको

ठेगनामा पठाउनुपर्ने छ। यस्तै ईमेल मार्फत मेल गर्न सकिनेछ। लोागो र नारा प्रतियोगितामा उत्कृष्ट छनोट हुने एक जना प्रतियोगीलाई पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.