www.tandavnews.com
Fact ~ In search of truth

भिर माथिबाट खसेको ढुंगाले लाग्दाँ ट्रक चालकको मृत्यु

 

पोखरा ,
ताण्डव न्यूज ।

भिर माथिबाट खसेको ढुंगाले लाग्दाँ स्याङजामा एक जनाको मृत्यु भएको छ ।

Batas

वालिङ नगरपालिका –१३ गाहाँखोला स्थित सिदार्थ राजमार्गमा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा अचानक भिरबाट खसेको ढुङगाले लाग्दाँ ट्रक चालकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

चालक स्याङजा पुतलिबजार नगरपालिका –३ बस्ने २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको हो । निज शर्मा घाइते भई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त ट्रकमा तिन जना सवार रहेकोमा अन्य दुईजना भने सकुशल रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.