www.tandavnews.com
Fact ~ In search of truth

शुक्रबार तरुण दल कास्कीले सरकारको विरुद्ध र्याली निकाल्ने

पोखरा,
ताण्डव न्यूज ।

नेकपाको सरकारले नागरिकका हक अधिकारप्रति जिम्बेवार बन्न आग्रह गर्दैै नेपाल तरुण दलले देशब्यापी प्रदर्शन गर्ने भएको छ ।

वर्तमान सरकार विरुद्ध नेपाल तरुण दलको देशब्यापी विरोध कार्यक्रम अनुसार कास्की तरुण दलले पनि शुक्रबार विरोध र्याली निकाल्ने भएको छ । नेपाल तरुण दलले सरकारलाई नागरिकका हक, अधिकारको लागि जिम्मेवार बन्न आग्रह गदै माघ ११ गते शुक्रबार विरोध र्यालीसंगै आन्दोलन गर्ने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

Batas

बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने, ‘नेपाली जनताको हक हितको लागि नेपाल तरुण दल विरोध कार्यक्रम अन्तरगत सडकमा आउन लागेका हौँ ।  ७ वटै प्रदेशमा हुने विरोध कार्यक्रम अन्तरगत पोखरामा पनि कार्यक्रम गर्न लागेका हौँ ।’

र्याली पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट शुरु हुने तरुण दल कास्कीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.