www.tandavnews.com
Fact ~ In search of truth

युनाइटेड क्लवलाई प्रदेश सरकारको साथ संधै : मन्त्री लम्साल

पोखरा ।

सरकारले गर्नुपर्ने कामलाई क्लवले उठान गरेको भन्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश सरकारको संधै साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन ।

मुलुक संघीयतामा अगाडी वढिरहदा २०६७ सालदेखी सरकारले गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा क्लवले महोत्सवको आयोजना गरी काम गरिरहेको सन्दर्भमा चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरी योजनालाई सफल बनाउन प्रदेश सरकार लागी परेको समेत वताए ।

नवौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री लम्सालले प्रदेश सरकार गठन संगै पोखरा महोत्सव आयोजक युनाइटेड क्लवको उद्देश्यलाई प्रदेश सरकारले पर्यटन क्षेत्र संग जोडेर क्लवको पहलमा पोखराको लेखनाथमा निर्माणाधिन खुल्ला चिडियाखानालाई डेढ करोड रुपैया बिनियोजन गरी काम अगाडी वढिसकेकाले अव क्लवको उद्देश्य पुरा भइ २०२२ मा प्रदेश सरकारले लिएको लक्ष्यलाई पुरा गर्न चिडियाखानाले समेत ठूलो टेवा पुग्ने वताए ।

लम्सालले पोखरामा मानव निर्मित पर्यटकीय स्थलहरु गुम्बा र स्तुपाहरु मात्र भइरहेको सन्दर्भमा पोखराको लेखनाथमा निर्माणाधिन रहेको खुल्ला चिडियाखानाले पोखराको पर्यटक बसाइ लम्ब्याउन थप मदत पुग्ने वताए । चिडियाखानामा अझै सम्भावनाहरु खोज्नका लागी प्रदेश सरकारले थप डेढ करोड रुपैयामा पचभैया, तनहुको भानु , बाग्लुङ र पर्वतका विभिन्न सामुदायिक वनहरुमा सम्भावित क्षेत्रहरुमा अध्ययन समेत भइरहेको मन्त्री लम्सालले वताए ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभाका सदस्य मन बहादुर गुरुङले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पर्यटन क्षेत्रमा समेत काम गरेर अगाडी वढिरहदा युनाइटेड क्लवको अभियानलाई सवैले मिलेर साथ दिन आवश्यक रहेको वताए । अर्का सदस्य दीपक कोइरालाले क्लवले गरेको कामले गण्डकी प्रदेशको मात्र नभइ समग्र नेपाललाई विश्वसामु चिनाउने काम भएकाले सवैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य राजीव पहारीले सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवले अव प्राकृतिक सम्पदाहरु फेवाताल लगायतको संरक्षणमा समेत अगाडी वढ्नुपर्नेमा जोड दिए । त्यस्तै गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापाले महोत्सवहरुमा सवैभन्दा लोकप्रिय पोखरा महोत्सवलाई दर्शकले सधै साथ दिएर सफल हुने गरेको र यसले लिएको लक्ष्यलाई पनि गण्डकी प्रदेश बासीको साथ र सहयोग रहेकाले महोत्सवहरुले पर्यटन प्रर्वद्धनसंगै आर्थिक चलायमानमा थप टेवा पुग्ने गरेको वताए ।

त्यस्तै जिल्ला समन्वय समिती कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले युनाइटेड क्लव अन्य क्लव भन्दा भिन्दै धारमा अगाडी वढेकाले यसले लिएको लक्ष्यलाई सवैले साथ दिएको खण्डमा नेपालकै नमुना क्लव बन्नेमा कुनै दुइ मत नरहेको वताए ।

राजनैतिक दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले युनाइटेड क्लवको अभियानलाई नेपाली कांग्रेस कास्कीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । महानगरको प्रतिनिधित्व गर्दै पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले युनाइटेड क्लवले आफ्नै वडामा चिडियाखना निर्माणको काम शुरु गरेकाले वडाबाट गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने वताए ।

सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्क निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले अन्य क्लवहरुले भन्दा छुट्टै उद्देश्य लिएर बामे सर्ने क्रममा नवौ महोत्सव सम्म आइपुग्दा क्लवकै पहल कदमीमा पोखरामा मानव निर्मित खुल्ला चिडियाखाना निर्माणको काम धमाधम अगाडी वढिरहेको र त्यहा जुलोजिकल पार्क निर्माणभन्दा पहिला निर्माण सम्पन्न भइसकेको बन्यजन्तु उद्धार केन्द्र हाल सञ्चालनमा रहेको र आगामी असोज बाट सर्वसाधारणका लागी जुलोजिकल पार्क खुल्ला गरिने वताए ।

क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा सांस्कृतीक संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेक थिए । पुस २७ देखी माघ ८ गते सम्म सञ्चालित महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा लाइभ कन्सर्ट प्रस्तुती रहेको थियोभन महोत्सवमा विभिन्न प्रकारका स्टलहरु, बाल उद्यान, जानकारी मुलक डकुमेन्ट्रीहरुको प्रस्तुती रहेको थियो ।

महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तब्य हरुको जानकारी, होमस्टेको प्रर्वद्धन, पोखराको पचभैयामा निर्माणाधिन चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षण सम्वन्धी जानकारी दिइएको थियोभने महोत्सव स्थलबाटै लेखनाथको पचभैयामा निर्माणाधिन खुल्ला चिडियाखाना जुलोजिकल पार्कको अवलोकनको लागी निशुल्क बसको समेत ब्यवस्था गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.