www.tandavnews.com
Fact ~ In search of truth

समर लभ फिल्म निर्देशक भन्छन : नोबल अनुसारको आर्टिष्ट खोज्न गार्‍हो

पोखरा,
ताण्डव न्यूज ।

नाइटिङगेल इन्टटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘समर लभ’ माघ २५ देखि देशभर प्रर्दशन हुने भएको छ । चर्चित उपन्यास ‘समर लभ’ मा आधारित रहेर बनेको फिल्म युनिट यतिखेर प्रचारप्रसारका लागि देश दौडाहमा छ ।

चलचित्र पत्रकार संघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक मुस्कान ढकालले नोभलमा फिल्म बनाउँदा गाह्रो भएको बताएका छन् । ‘नोभेलका क्यारेक्टर अनुसार आर्टिष्ट खोज्ननै गाह्रो हुने,’ उनले भने, ‘सायाको क्यारेक्टरमा हिरोइन खोज्न मात्र १६ महिना लागेको हो ।’

फिल्मकी मुख्य क्यारेक्टरमा रहेकी नायिका रेबती क्षेत्रीले हिट भइसकेको उपन्यासमा आफुलाई फिट गर्न गाह्रो भएको बताईन् । ‘टिम राम्रो भएकोले काम गर्ने रमाइलो लाग्यो,’ उनले भन्नि ‘समर लभ एउटा इन्टटेन्मेन्टको लागि बनाइएको फिल्म हो ।’

‘समर लभ’ भ्यालेन्टाइनलाई फोकस गरि निर्माण गरिएको फिल्म रहेको नायक आशिष पियाले जनाए । उपन्यासले सबैको धेरै माया पाएको थियो, यसैगरि फिल्मले पनि सबैको माया पाउने आशा गरेका छौ ।
२ करोड ८० लाखमा निर्माण भएको फिल्म काठमाण्डौ, पोखरा, सिंगापुर, नर्बो आदि शहरहरुमा शुटिङ गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.