www.tandavnews.com
Fact ~ In search of truth

प्रेस युनियन कास्कीले राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने

पोखरा ।
नेपाल प्रेस युनियन कास्कीले यही फागुन ७ गते हुने नवौं अधिवेशनका अवसरमा प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन कास्कीको आज सम्पन्न बैठकले अधिवेशनको मिति तय गर्दै सोही दिन उक्त पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए ।

नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजङ्ग शाहलाई संयुक्त रुपमा प्रदान गरिने छ ।पुरस्कारको राशि ३५ हजार ५ सय ५५ रुपैयाँ ,दोसल्ला र सम्मानपत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो ।

यसअघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गङ्गाधर पराजुलीलाई प्रदान गरिएको थियो । पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त ब्याजबाट पत्रकारलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

अधिवेशनलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिने जानकारी दिँदै उनले सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा आन्तरिक तयारी शुरु गरिएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.