www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–भद्रपुर हवाई सेवा विस्तार गर्ने पर्यटन मन्त्री रबिन्द्र अधिकारीको घोषणा

ताण्डव न्यूज ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विदेशी पर्यटन भित्र्यान देशमा थप हवाई सेवा विस्तार गर्नुपर्ने बताएका छन्। झापाको विर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले पर्यटन भित्र्याउन झापा ट्रान्जिट पोइन्ट रहेको बताउँदै भद्रपुर विमानस्थलको सेवालाई थप विस्तार गर्न मन्त्रालय लागि परेको उल्लेख गरे।

काठमाडौं(भद्रपुर(काठमाडौ हवाई सेवा प्रदान गर्दै आइरहेको भद्रपुर विमानस्थलबाट चाँडै पोखरा–भद्रपुर हवाई सेवा सञ्चालन गरिने उनको भनाई छ। ‘भारतको दार्जिलिङ, सिक्किम जाने विदेशी पर्यटकलाई इलाम वा ताप्लेजुङ पठाउन झापा नै ट्रान्जिट पोइन्ट मानिन्छु, मन्त्री अधिकारीले भने, ‍ुयहाँ सुविधासम्पन्न विमानस्थल पनि छ, ‘तर, झापामा पर्यटकीय गन्तव्य क्षेत्रको पहिचान गरी त्यसअनुरुप विकास गर्न नसक्दा विदेशी पर्यटन भित्राउन सकिरहेका छैनौँ, त्यसैले झापामा पर्यटन भित्र्याउन सबै निकाय लाग्नु पर्छ ।

Batas

अहिले सरकार पर्यटन भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा हवाई सेवा विस्तार गर्न लागिपरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजले केही देशमा अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गरेको छ र यस सेवालाई अन्य देशमा पनि थप विस्तारका लागि सरकार लागिपरेको छ।’ तर, नेपाल एयरलाइन्सको प्रभावकारी सेवाको विरुद्ध केही तत्त्व लागि परेको उनको आरोप छ। संसद अवरुद्धको प्रसंगमा बोल्दै मन्त्री अधिकारीले भने, ‘संसद अवरुद्ध गर्नु भनेको लोकतन्त्र अवरुद्ध गर्नु हो, प्रक्रिया र पद्धतिहरुलाई अवरुद्ध गर्नु हो। त्यसैले प्रतिपक्षले मुलुकको भविष्यलाई अवरुद्ध गर्नु हुँदैन। देशमा अर्को चुनाव आउँला, त्यस बेला अरुले जित्ला, संसद अवरुद्ध गरेर लोकतन्त्रलाई बन्देज लगाउनु हुँदैन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.