www.tandavnews.com
Fact ~ In search of truth

सरकारी कार्यालयमा छड्के हान्दै प्रशासन कार्यालय

 

 

 

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

बुधबार बिहान झण्डै साढे १० जति बजेको हुँदो हो, त्यही बेलामा जिल्ला प्रशासन कार्यालय पर्वतको गाडीमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल नेतृत्वको टोली प्रशासन परिसरबाट बाहिरीयो । कारण थियो सदरमुकाम कुश्मामा रहेका बिभिन्न सरकारी कार्यालयहरुको छड्के अनुगमन गर्नु ।

पर्वतका बिभिन्न सरकारी कार्यालयहरुमा कर्मचारी थोरै मात्रामा उपस्थित हुने, समयमा कार्यालय उपस्थित नहनुे तथा सार्वसाधारणको काममा ढिला सुस्ती हुने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी ढकाल सहितको टोलीले बिभिन्न कार्यालयहरुमा पुगेर छड्के जाँच गरेको हो । ‘कर्मचारीहरुले सम्पादन गरिरहेको काम तथा कर्मचारीहरुको उपस्थिति र अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले छड्के अनुगमन गरिएको हो ।’ प्रजिअ ढकालले भने ।

अनुगमनका क्रममा कार्यालयहरुको कामको प्रगतिको अवस्था, कर्मचारीहरुको कार्यशैली, नियमितता र कार्यालयमा हुनेपर्ने सवै मापदण्डको अवस्था, सेवाग्राहीले पाएको सुबिधा लगायतका बारेमा निरीक्षण गरिएको थियो । पहिलो दिन बुधवार जलस्रोत तथा सिंचाई विकास डिभजन कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा निरिक्षण गरिएको हो ।

अनुगमन गरिएका केहि कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाईएकाले यो अवस्था दोहोरिन नदीन कार्यालयका सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिईएको पनि प्रशासनले जनाएको छ । क्रमागत रुपमा जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सवैजसो कार्यालयहरु निरिक्षण गर्ने यजना छ। प्रशासनको बार्षिक कार्य अनुरुप यस वर्ष पहिलोपटक कार्यालयमा छड्के गरिएको हो ।

सरकारी कार्यालयको सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ र नियमावली २०६५, को नियम ४० र ४१ तथा अनुसुची १ ले निर्दिष्ट गरेको ३६ वुँदा विषयहरु समावेश भएको ढाँचामा निरिक्षण सुरु भएको प्रजिअ ढकालले बताए । उनका अनुसार अनुगमनको क्रममा सेवा प्रवाह तथा सुशासन, सदाचार, आर्थिक अनुसासन कायम, विकास निर्माण कार्यमा समन्वय र सहजिकरणल लगायतका विषयमा सोधपुछ गरिने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.