www.tandavnews.com
Fact ~ In search of truth

उद्यमशीलता मार्फत स्वरोजगार सिर्जना गर्न गोष्ठी

पोखरा,
ताण्डव न्युज ।

उद्यमशील संस्था र्वल्ड मेरिट पोखराले कार्यशाला गोष्ठी गर्ने भएको छ । संस्थाले यहि माघ १२ गते शनिबार युवाहरुको ज्ञान, सिप वृद्धि गर्ने उद्धेश्यले एक दिने गोष्ठी आयोजना गर्ने भएको संस्थाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपालमा कमाउन नजान्ने ,कमाउनेले बचत गर्न नसक्ने र वचत गर्नेले लगानी गर्न नजान्ने, जस्ता समस्या रहेकाले वित्तिय ज्ञान दिनका लागि गोष्ठीको आयोजना गरिएको संस्थाले जनाएको छ । गोष्ठीका लागि एक सय २० जना सहभागि छनोट गरि तालीम दिन लागिएको बताइएको

Batas

छ । गोष्ठीमा लामो समयदेखि वित्तिय साक्षरतामा सम्बन्धि ज्ञान भएका व्यक्ति लगाएत वित्तिय कारोबार गर्ने सरोकारवालाहरुको उपस्थित रहने जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.