www.tandavnews.com
Fact ~ In search of truth

जनसेवीको नाफा ७९ लाख

पोखरा ।

पर्बतको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ पौष मसान्त सम्ममा ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा रु १८ लाख ०१ हजार,७ सय ८७ नाफा गरेकोमा यस बर्ष ४३९ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

यस वित्तीय संस्थाको कोषमा हाल ४३ लाख १० हजार ५५ रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी १२.५१ रहेको छ । यस वित्तीय संस्थाले सर्वसाधारणका लागी ४करोड ६३लाख ३० हजार रुपैया बराबरको शेयर निस्कासन गर्नेका लागी धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी प्रक्रिया अगाडी वढीसकेको बताइएको छ ।

वित्तीय संस्थाको कार्यक्षेत्र १० जिल्ला (पर्वत,बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुं, लमजुङ, कास्की र गुल्मी ) बाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ । हाल यस वित्तीय संस्थाको अधिकृत पूंजी ३० करोड, जारी पूंजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पूंजी ९ करोड ८० लाख रुपैयाँ रहेको छ ।

यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १३ हजार २ सय ४ जना ग्राहक सदस्यबाट २०७५ पौष मसान्त सम्म १५ करोड ४८ लाख ८८ हजार रुपैया बचत संकलन गरेको छ ।

वित्तीय संस्थाले ७ हजार ४ सय ६८ जना सदस्यलाई १ अर्व,६० करोड, ५ लाख, १९ हजार रुपैया कर्जा प्रवाह गरी १ अर्व ८ करोड,७५ लाख १८ हजार. असुली भई हाल ५१ करोड, ३० लाख,१ हजार रुपैया लगानीमा रहेको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.