www.tandavnews.com
Fact ~ In search of truth

कैलाश र नेपाल मेडिसिटीविच सम्झौता

 

 

पोखरा ।

कैलाश विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए ।

बैंकको हालसम्म शाखा संख्या ८५ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ४ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery