www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङका पर्यटकीयस्थलमा सौर्यबत्ती

 

बागलुङ ।

ताराखोला गाउँपालिकाले पर्यटकीयस्थलमा सौर्यबत्ती राख्न शुरु गरेको छ । पहिलो चरणमा गाईघाट झरना र तीनचुलेमा रहेको शिव मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ ।

सार्वजनिकस्थलको सुरक्षाका साथै सर्वसाधारणको सहजताका लागि सौर्यबत्ती राख्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँसभाले सौर्य ऊर्जा प्रर्वद्धन लागि चालु आर्थिक वषमा चार लाख बजेट छुट्याएको थियो ।

“सबै धार्मिक तथा पर्यटकीयस्थलमा सौर्यबत्ती राख्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “आउँदा वर्षमा पनि यसले निरन्तरता पाउँछ ।” गाउँपालिकाको वडा नं १ मा पर्ने गाईघाट झरना पर्यटकीय गन्तव्यको रूपमा परिचित छ ।

पूर्वाधार विकास र प्रचारप्रसारका कारण पछिल्लो समय गाईघाट झरना घुम्ने आन्तरिक पर्यटक बढेका छन् । यस्तै वडा नं ३ तीनचुलेस्थित शिव मन्दिर गाउँपालिकाको महत्वपूर्ण धार्मिकस्थल हो ।

पर्यटकीय क्षेत्रसँगै बाक्लो बस्ती रहेका ठाउँमा पनि सौर्यबत्ती जडान गर्ने योजना गाउँपालिकाको छ । “विद्यालय, स्वास्थ्य संस्था, सडकलगायतका सार्वजनिकस्थलमा पनि सौर्यबत्ती राख्छौँ”, अध्यक्ष घर्तीले भने । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop