www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भयो ‘इनर्जी बैंक’ बनाउने नेपाल र भारतको सहमति

पोखरा
ताण्डव न्यूज
नेपाल र भारतको विद्युतीय माग पुरा गर्नको लागि इनर्जी बैंक निर्माण हुने भएको छ । बुधबार देखि पोखरामा जारी नेपाल र भातिय उर्जा सचिब तथा उपसचिबहरुको बैठकले यसबारे निर्णय गरेको हो । बुधबार सहसचिबहरुको टोलीले गरेको छलफललाई बिहिबार सचिबहरुको छलफलले अनुमोदन गर्दै इनर्जी बैंक खोल्ने सहमति भएको हो ।
‘नेपाल र भारतको माग र आपूर्तीको प्रकृति हेर्दा इनर्जी बैंकिङमा जानुपर्छ भन्ने दुबै देशको महसुस गरेर यसबारे निर्णय भएको छ,’ नेपालका उर्जा सचिब दिनेश कुमार घिमिरेले भने, ‘बर्खायाममा नेपालमा धेरै उर्जा उत्पादन र, लोडकम हुने तर, भारतमा भने यसको ठ्याक्कै उल्टो हुने गरेको छ । यो उत्पादनहरुलाई सदुपयोग गर्न हामीले बर्खामा हामीलाई बढि भएको पावर जति हुन्छ हामी दिन्छौँ, हामीले दिएको पावर सुख्खा याममा हामीलाई चाहिँदा लिन्छौँ भन्यौँ । यसबारे उहाँहरुले सहमति जनाउनु भयो ।’
घिमिरेले इनर्जी बैंकबाट विद्युत आदान प्रदान गर्नुलाई बैंकमा पैसा राखेर चाहिँदा झिके जस्तै भएको बताए ।
दुइ देशका उर्जा सचिबको यस अघिको बैठकमा नेपालको तर्फबाट गएको प्रस्ताबलाई पोखरा बैठकमा भारतिय उर्जा सचिबको टोलीले अनुमोदन गरेको हो ।

‘हामीले यसमा कुरा यो भन्दा अघिल्लो बैठकमा राखेका थियौँ,उहाँहरुले अध्ययन गरेर प्रतिबेदन ल्याउँछु भन्नु भएको थियो,’ घिमिरेले भने, ‘यो भारतिय टोलीले स्वीकार गरेको अबस्था छ । नेपाल र भारतकोबीच इनर्जी बैकिङको लागि बाटो खुलेको छ । यसमा पैसाको हिसाब हुँदैन । कति इनर्जी दियौँ, कति लियौँ हिसाब हुन्छ ।’
बैठकले सिमापार प्रशारण लाईनलाई दिर्घकालिन बनाउनको लागि ढल्केबर लाइनको विकल्पको बारेमा पनि छलफल गरेको र त्यसको बारेमा भारतिय टोलीलाई अध्ययन गरी मोडालिटी तयार पार्न आग्रह गरिएको छ ।
‘अहिलेसम्म नेपाल र भारतको प्रशारण लाईनको कस्ट नेपालले मात्र बेहोर्नुपर्छ भन्ने भारतको अडान थियो हामीले मानेका थिएनौँ । किन भने हाम्रो पनि उत्पादन बढेको छ । आयोजनाहरु थपिएको छ । हामी पनि भारतलाई उर्जा बेच्छौँ भनेर कस्ट शेयर गरौँ भनेपछि त्यसमा सहमति जुटेको छ,’ उनले भने, ‘हामीले त्यसको लागि ५०–५० प्रतिशत हालेर कम्पनी खडा गरौँ, त्यसले बनाओस भन्ने छलफल ग¥यौँ त्यसमा उहाँहरु सकरात्मक हुनुभएको छ । अब तीन महिनामा प्रतिबेदन दिन्छु भन्नु भएको छ ।’
बिहिबारको बैठकले टनकपुरहुँदै ल्याइएको विद्युतको क्षमता बढाउने विषयमा पनि सहमति भएको छ । ‘टनकपुरबाट ल्याइरहेको प्रशारण लाइनको ५० एमबीएको ट्रान्सफर्मर मेसिनबाट अहिले ३०–३५ मेगावाट ल्याइरहेकोमा त्यसलाई बढाएर सय मेगावाट पार्ने र ७० मेगावाट पावर ल्याउनलाई ५० एमबीएको ट्रान्सफर्मर बढाएर १०० को राख्ने सहमति गरेका छौँ,’ उनी भन्छन्, ‘त्यसको लागि केही समय लाग्छ । हामीले यहि हिउँदमै नजिकै रहेको १०० एमबिएको ट्रान्सफर राखिदिनु भनेका छौँ । उहाँहरुले सकरात्मक हुनु भएको छ ।’
१३२ केभीको रक्सौल, कुटाहा, कटानीमा भारत सरकारको अनुदानमा बनेका लाईनमा टावर निर्माण गर्दा दुई–दुई वटा सर्किट राख्न मिल्ने गरेर राखेको तर, अहिले एउटा मात्रै राखेको मा त्यसमा दुबै सर्किटबाट लाईन प्रशारण गर्न नेपालले गरेको प्रस्ताब भारतले स्वीकार गरेको छ । कुसाहा कटैयामा बाहेक अन्त तत्कालै त्यसो दुबै सर्किटबाट लाईन प्रशारण गर्ने सहमति भयो ।
रक्सौल पर्वानीपुरतिर भारत तर्फ पनि क्षमता नबढाई गर्न नमिल्ने भारतिय उर्जा सचिब अजय भल्लाले बताएको घिमिरेले जानकारी दिए ।

भैरहवा हाम्रो लोडसेन्टर भएकोले भारतको भूभागबाटै नेपालकै खर्चमा लाईन तान्ने सहमति भएको छ । भारतको भूगागमा जम्मा पाँचसय मिटर र नेपालमा २५ किलोमिटर पर्ने देखिएको छ । पाँचसय मिटर भारतिय भूभागमा तार टाँग्न र लाईन प्रशारण सुरु गर्न अनुमति दिएको उनले बताए ।

Batas

नाम्पारा देखि कोहलपुर क्षेत्रको १३२ प्रशारण लाईन विस्तारको लागि पनि छलफल भएको उनले बताए । नाम्पारा देखि कोहलपुर दुबै देशको बोर्डरबाट २५–२५ किलोमिटरको दुरी भएकोले दुबैले मिलेर बनाउने सहमति भएको छ । यसमा भारतले नै प्रशारण लाईन बनाउन र अरु प्रक्रिया अघि बढाउन सहमति जनाएको छ ।
नेपाल भारतबीचमा २०१४ मा पावर टे«ड सम्झौता भएको थियो । सोही सम्झौता अनुसार गठन भएका सचिब स्तरिय (जोइन्ट स्टरिङ कमिटी) र सहसचिब स्तरिय संयन्त्र (जोइन्ट वर्किङ ग्रुप) अहिलेसम्म सँगसँगै हुने गरेको उनले बताए । बुधबार र बिहिबार पोखरामा भएको बैठक समेतले अहिले सम्म दुई देशका ६ वटा बैठक बसिसकेका छन् ।
नेपाल भारतबीचको पावर टे«डिङ, पावर एक्चेन्ज सम्बन्धी मुद्धाहरु छलफल गर्न संयन्त्र बनेको हो । यसले क्रस बोर्डर प्रशारण लाइनको सम्पूर्ण संरचना बनाउने कुराको तय गर्ने गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.