www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा तरुण नेताहरुले दुई घण्टा सरकारलाई गाली गरे

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

नेपाल तरुण दलले शुक्रबार पोखरामा सरकारको विरोध गर्दै विशाल जुलुस निकालेको छ । नेपाल तरुण दल केन्द्रिय कार्य समितिको आयोजनामा सातवटै प्रदेशमा सरकारको विरोध कार्यक्रम राखिएकोमा शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा तरुण दलले ¥याली निकालेको थियो ।

दिउसो १ बजे पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्यूरोड हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभा ३ बजे समापन गरिएको थियो ।

Batas

कोण सभामा तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले सरकार ज्याजतीको बाटोमा हिँडेको आरोप लगाए । ‘निर्मला पन्तको बलत्कार भएको यतिका समय वितिसक्यो,’ बस्नेतले भने, ‘यदि निर्मलाको ठाउँमा गृहमन्त्री बादलको छोरी, प्रचण्डको छोरी भएको भए आज के हुन्थ्यो ? बस्नेतले निर्मला पन्तको छोरीको बलत्कार भएको दिन गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा कन्चनपुरमै थिए । खै सरकारले न्याय दिएको ?’ त्यस्तै तरुण दलले चिसित्सा विधेयक पारित गरेकोमा पनि आपत्ति जनाएको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई पनि उनै गृह नगर पोखरामा गाली गर्न भ्याए । ‘रबिन्द्र अधिकारी ज्यू स्ववियू सभापति हुँदा म सदस्य थिएँ । मैले सधैँ नमस्कार दाई भन्थेँ, उहाँलाई मान्थे । वाइड बडी घोटला पछि उहाँलाई म मान्दिन । नमस्कार गर्दिन पोखरा आएर दाइ भनेर पनि फोन गर्दिन ।’

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताए । सरकारलाई जति गालि गरेपनि नहुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने उनको भनाई थियो ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाका तरुण नेताहरुले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताए । कांग्रेस सरकारले गरेका निर्णयहरु उल्ट्याएको भन्दै उनिहरुले आक्रोश पोखे ।

कोणसभा ३ बजे समापन भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.