www.tandavnews.com
Fact ~ In search of truth

नगरप्रमुख जोशीद्धारा तलबबाट विद्यालयमा अक्षयकोष

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

आँफुले नगरपालिका प्रमुखका रुपमा पाउने गरेको तलब सामाजिक सेवामा खर्च गर्दै आएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले तलबकै रकमबाट एक विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् ।

उनले जिल्लाको कुश्मा नगरपालिका १४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयमा आप्mनो २ महिनाको तलब ७० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

नगरप्रमुख जोशीले विद्यालयको ५७ औ बार्षिकोत्सवको अवसरमा विद्यालयकै पहिलो अक्षयकोषको रुपमा ‘मेयर अक्षयकोष’ का नाममा उक्त रकम राखिदिएका हुन् ।

उनले यस अघि नगरपालिका भित्रका विपन्न, असहाय विद्यार्थीहरुको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीहरुलाई उपचार लगायतका कार्यमा सहयोग गर्दै आएका छन् ।

आँफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफुले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताए ।

उनले आफ्नो कार्यकालभरी एक रुपैयाँ पनि व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अक्षयकोष घोषणापछि बोल्दै नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाका सवै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजि विद्यालयको सरह बनाउनका लागि नगरपालिकाले विशेष कार्ययोजनाका साथ अघि बढेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.