www.tandavnews.com
Fact ~ In search of truth

स्वरोजगारको माध्यम कृषि– मन्त्री थापा

बागलुङ ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले स्वरोजगारको उपयुक्त माध्यम कृषि भएको बताएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङमा शुक्रबार आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा उनले व्यावसायिक कृषकलाई प्रोत्साहित गर्न प्रदेश सरकारले विशेष अनुदानको योजना ल्याएको उल्लेख गरे।

“साना ठूला दुवैखाले कृषि फार्म चलाउने दुई हजार बढी किसानबाट अनुदानको लागि आवेदन परेको छ”, मन्त्री थापाले भने, “मापदण्ड पूरा गर्ने करीब ६ सय किसानले अनुदान पाउँछन् ।” मन्त्री थापाले एक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताए। रासस

फाइल :तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.