www.tandavnews.com
Fact ~ In search of truth

ओरष्टे उपशाखाको सभापतिमा पोखरेल

 

स्याङ्जा ।

नेपाल रेडक्रस सोसाइटी ओरष्टे उपशाखा स्याङ्जाको सभापतिमा गंगाधर पोखरेल चयन भएका छन् ।

उपशाखाको छैटौ साधारण सभा एवं चौथो अधिवेशनले पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितीको सदस्यहरुमा दिलीप थापा, डि.आर पोखरेल, ज्योति प्रकाश थापा, गजेन्द्र शर्मा, नरेश कुमार शर्मा पोखरेल, मुक्त बहादुर गुरुङ, पितम्वर शर्मा, इन्दिरा पोखरेल र गुरुदत्त पोखरेल चयन भए ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथी विरुवा गाउपालिकाका प्रमुख चुन प्रसाद शर्माले मानवीय सेवाको क्षेत्रमा कार्य गर्ने रेडक्रसमा लागेर सेवाका धेरै महत्वपूर्ण कार्य गर्न सकिने बताए ।
कार्यक्रमका विशेष अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति भुवन बहादुर पौडेलले स्वच्छ रुपमा मानविय भावनाले गरिएका सामाजिक सेवाका कार्यले जिवनमा आत्मसन्तुष्टि मिल्ने बताए ।

ओरष्टे उपशाखाका सभापति तारापति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यहरु नारायण प्रसाद पोखरेल र भुवनेश्वर शर्मा ,दिब्य प्रकाश माविका प्रअ टुकनारायण पोखरेल लगायतले बालेका थिए ।

सचिव दोलनाथ शर्माले सञ्चालन गरेको कार्यक्रममा सदस्य चन्द्रकान्त पोखरेलले स्वागत मन्तब्य राखेका थिए ।

समितिका नवनिर्वाचीत सभापति गंगाधर पोखरेलको अध्यक्षतामा शुक्रवार नै बसेको पहिलो बैठकले पदाधिकारी चयन गरेको छ । समितिको उपसभापतिमा दिलीप थापा, सचिवमा डि.आर पोखरेल, सह सचिवमा ज्योति प्रकाश थापा र कोषध्यक्षमा गजेन्द्र शर्मा चयन भएका छन् ।

त्यसैगरि समितिको सदस्यहरुमा नरेश कुमार शर्मा पोखरेल, मुक्त बहादुर गुरुङ, पितम्वर पोखरेल, इन्दिरा पोखरेल र गुरुदत्त पोखरेल चयन भएका छन । जिल्ला सदस्य नारायण प्रसाद पोखरेल र निवर्तमान सभापति तारापति शर्मा पदेन सदस्य हुने र सभापतिले एक जना सदस्य मनोनित गर्न पाउने ब्यवस्था रहेको सचिव डि.आर पोखरेलले जानकारी दिए ।

त्यसैगरि बैठकले विरुवा गाउपालिकाका प्रमुख चुन प्रसाद शर्मा, वडा नम्वर ४ का वडाध्यक्ष थमनराज गुरुङ, उपशाखाका पूर्व सभापति शेष बहादुर थापा, सदस्य चन्द्रकान्त पोखरेल र लिम बहादुर राना,दिब्य प्रकाश माविका प्रअ टुकनारायण पोखरेल र भविष्य निमार्ण माविका प्रध्यायानाध्यापक मित्रलाल पोखरेललाई सल्लाहकारमा चयन गरेको सचिव पोखरेलले बताए ।

शुक्रवार नै बसेको बैठकले स्वस्थ्य स्वच्छता तथा सरसफाई समितिको संयोजकमा दिलीप थापा, आर्थीक समितिको संयोजकमा गजेन्द्र शर्मा, लैगिक हिसां तथा समावेशी कार्यक्रम संयोजक र भुपु अभिलेख संकलन समितिको संयोजकमा ज्योति प्रकाश थापा, र विपत ब्यवस्थापन समितिको संयोजकमा पितम्वर पोखरेल चयन गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.