www.tandavnews.com
Fact ~ In search of truth

क्युकोसिनको पेटी परिक्षा सम्पन्न

पोखरा ।

नेपाल क्युकोसिन बुदोकाइ कराँते संघमा आवद्ध भएका कास्की जिल्लाका खेलाडीको शनिबार पेटी परिक्षा सम्पन्न भएको छ ।

पृथ्वी नारायण क्याम्पस डोजो, रंगशाला डोजा, लेखनाथ डोजो, बागमारा लगायतका विभिन्न डोजाका खेलाडीको पेटी परिक्षा लिएको नेपाल क्युकोसिन बुदोकाइ कराँते संघ कास्की शाखा संरक्षण दिपकबहादुर गोदारले जानकारी दिए ।

कास्की जिल्ला रहेका १ सय ५० खेलाडीले पेटी परीक्षा दिएका छन् । सेतो पेटी बाट पहेलोमा जाने, पहेलोबाट वरेन्ज पेटीमा जाने, वरेन्जबाट अरियो पेटीमा जाने, हरियोबाट निलो पेटीमा जाने, निलोबाट खैरो पेटीमा र खैरो पेटीको तह घटाने खेलाडीले पेटी परिक्षा दिएका गोदारले जानकारी दिए ।

पेटी परिक्षामा सुक्ष्मी श्रेष्ठ, चित्रण तमाङ, सुनिता गुरुङ, निर्मलबहदुर केसी, गोविन्द रोक्का, विनोद नेगी, धिरज परियार, दिनेश तामाङ, सुमन प्रतेल निर्णयक रहेको नेपाल क्युकोसिन बुदोकाइ कराँते संघ कास्कीका सचिव सुवास खड्काले जानकारी दिए ।

पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न मान श्रेष्ठले खेलाडीलाई खेलमा लगनशिल हुन अनुरोध गरे । उनले नेपालमा बिस्तारै खेलहरु व्यवसायीक हुँदै गएको भन्दै खेलमा लगनशिल हुन अनुरोध गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.