www.tandavnews.com
Fact ~ In search of truth

ग्रामीण पर्यटन महोत्सव फागुन २३ गतेदेखि

पोखरा,
ताण्डव न्यूज ।

गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) एंव नेपाल पर्यटन बोर्डको मुख्य सहकार्यमा ग्रामीण पर्यटन महोत्सव– २०७५ आयोजना हुने भएको छ ।

फागुन २३ बाट २५ गतेसम्म पोखराको बाराही खेल मैदानमा आयोजना हुन लागेको महोत्सवको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । पहिलो बर्षको भन्दा त्यस बर्षको महोत्सव बृहत रुपमा हुने भिटोफका अध्यक्ष रविन्द्रराज पौडेलले बताए ।

‘महोत्सवमा ११ वटा जिल्लालाई पनि सहभागिता गरिएको छ,’ उनले भने, ‘महोत्सवले गाउ पर्यटनको विकाससंगै समृद्ध नेपाल निर्माण हुनेमा विश्वास गरेका छौ ।’३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५० स्टलहरु निशुल्क रुपमा रहने नेपाल पर्यटन बोर्डका अध्यक्ष सुर्य थपलियाले बताए ।

‘कुनै पनि दर्ता नभएका होम स्टेहरु महोत्सवमा संलग्न हुन पाउने छैनन्,’ उनले भने, ‘पछिल्लो ३ बर्षमा गण्डकी प्रदेशले ग्रामीण पर्यटनको राम्रो सम्भावना बोकेको छ ।’महोत्सवमा उत्कृष्ट कल्चर, उत्कृष्ट खाना र बेष्ट स्टल गरी तीन बिद्यामा पुरस्कार राशी छुट्टाइएको भिटोफका कोषाध्यक्ष सुर्यनाथ पाहारीले जानकारी दिए ।

पुरस्कार राशी तर्फ प्रथम हुनेलाई २० हजार रुपैया, दोस्रो तर्फ १५ हजार रुपैया, तृतीय तर्फ १० हजार रुपैया प्रदान गरिने पाहारीले बताए ।महोत्सव अबधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति, नृत्य, होमस्टेहरुको साँस्कृतिक प्रस्तृति उत्कृष्ट होमस्टे स्टल, उत्कृष्ट कल्चर, उत्कृष्ट खानाका परिकार साथै होमस्टे दर्पण २०७५ विमोचना समेत गरिने कार्यक्रमहरु रहेको आयोजक टिमले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.