पोखरा ।
पोखराको पार्दिस्थित फिष्टेल एकेडेमीले स्थापनाको २५ वर्ष पुरा गरेको अवसरमा रजतजयन्ती मनाएको छ ।
शनिबार गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले जयन्तीको उद्घाटन गरे ।कुँवरले नीजि विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए। देशको शिक्षा विकासमा नीजि विद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको हुँदा शिक्षालाई ब्यवसायिक र नाफामुलक भन्दा सेवामुलक बनाउनु पर्ने उनको भनाई थियो ।

नीजि क्षेत्रले शिक्षामा उच्च लगानी गरेको भन्दै त्यसलाइ परिणाममुखी बनाउनु पर्नेमा जोड दिए। उनले विद्यालयको गुणस्तरलाई अझै उच्च राख्दै सामुदायिक विद्यालयहरुको सशक्तिकरणमा सरकारले ध्यान दिनुपर्ने र त्यहि अनुसार नीति निर्माणकोे आवश्यकता औल्याए ।
उक्त कार्यक्रममा नेपालका सरकारका सचिव एवं कायम मुकायम महालेखा नियन्त्रक सुर्य प्रसाद गौतमले शिक्षा सैद्धान्तिक भन्दा बढि ब्यवहारिक र प्राविधिक हुनुपर्ने कुरामा जोड दिए । समृद्ध नेपाल निर्माणमा शिक्षाको विकासनै महत्वपूर्ण पूर्वाधार भएको र देशका सबै जनता र बालबालिकाहरुलाई सबैभन्दा पहिले शिक्षाको पहुँच भित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताए ।
सो अवसरमा गण्डकी प्रदेशका सांसद कृष्ण थापा र कुमार बहादुर खड्का, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, अभिभावक प्रकाश बराल, पूर्व विद्यार्थी एवं नागरिक उड्यान कार्यालय पोखराका अधिकृत विश्व शर्मा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे।
विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले गुणस्तरीय शिक्षाका लागि सधै लागिपरेको र मेहनत अनुसारको नतिजा पनि हासिल गर्दै गएको भन्दै आगामी दिनमा विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि प्रविधिमैत्री शिक्षालाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता गरे।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.