पोखरा
ताण्डव न्यूज ।
नन्द इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गरेको ‘सुपर मम’ विवादमा तानिएको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको कार्यक्रममा अन्याय भएको भन्दै सेकेण्ड रनरअप भएकी पुनम श्रेष्ठ थापाले ताण्डव न्यूजसँग गुनासो गरिन् ।
‘महिलाको कार्यक्रममा महिला नै पक्षपातमा परेका छन्,’ उनले भनिन्, ‘निर्णायक र आयोजकले पक्षपात गरेकै हुन् । पहिला निष्पक्ष हुन्छ भन्दै आदर्शका कुरा गरेपनि अन्त्यमा स्पोन्सर दिने र आफ्नो नजिकको साथीलाई जिताउने काम गरियो ।’

कार्यक्रममा पक्षपात मात्रै होइन जितेको रकम समेत नपाएको सेकेण्ड रनरअप भएकी थापाले गुनासो गरिन् । ‘म सेकेण्ड रनरअप भएँ,’ उनले भनिन्, ‘आयोजकले खाममा पैसाको सट्टा पछि भेटौँला भनेर कागजको टुक्रा दिए ।’
उनका अनुसार फस्ट पोखरा सुपर ममको ताज पहिरिएकी ज्योती हमालको प्रस्तुती राम्रो थिएन् । ‘ज्योतीको भिडियो रेकर्डको रुपमा हामीसँग छ,’ उनले ताण्डव न्यूजसँग भनिन्, ‘उनी भन्दा राम्रो प्रस्तुती गरेका किरण शर्मा, मोनिका प्रधान, विनु गुरुङको प्रस्तुती पनि हामीसँग भिडियो रेकर्ड छ ।’
आयोजकलाई चिडाएको कारण आफुलाई उपविजेता बनाएको आरोप उनले लगाईन् । ‘आयोजकले एक लाखको टिकट बेच्न भनेका थिए, मैले बेच्न सकिन,’ उनले भनिन्, ‘त्यहि पनि आयोजकको मायाँ लागेर ६५ वटा टिकटको पैसा मेरै खल्तीबाट दिएँ । तर, अन्त्यमा उनीहरुले प्रायोजक सफल डेरीका आफन्त पर्नेलाई विजयी बनाए । निर्णायक मध्येकी एक सरिता तिमिल्सीना पंगेनीले मलाई अंगालो हाल्दै निर्णय हाम्रो हातमा थिएन आयोजकको हातमा थियो भनिन् ।’
यस फस्ट ‘सुपर मम’ कार्यक्रमका संयोजक देबेन्द्र शाहीले कार्यक्रम निष्पक्ष भएको दाबी गरे । ‘कार्यक्रम निष्पक्षनै भएको हो,’ शाहीले भने, ‘निर्णायक कै जिम्मामा निष्पक्ष निर्णय गर्न थियौँ । पुरस्कार रकमको हकमा भने हिजो पैसा दिन सकेनौँ आज बोलाएर दिँदैछौँ ।’
शनिबार सम्पन्न उक्त कार्यक्रममा फस्ट पोखरा सुपर ममको ताज ज्योति हमालले जितेकी थिईन् । टाईटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सब–टाईटलको समेत उपाधी पाइन ।
प्रतियोगीतामा फस्ट रर्नर अप सविता सापकोटा बनिन् । त्यस्तै दर्शकको सर्वाधिक रोजाइमा परेर हुटिङ पाएकी पुनम श्रेष्ठ थापा मगरले सेकेण्ड रर्नर अपमा चित्त बुझाइन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.