www.tandavnews.com
Fact ~ In search of truth

विधेयकलाई आन्दोलनको विषय बनाउनु हुँदैन:सभामुख महरा

दाङ ।
सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पुर्याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएका छन् ।

दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पुर्याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राखे ।

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको उनको भनाइ थियो ।

सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.