www.tandavnews.com
Fact ~ In search of truth

चेकजाँचमा भेटीयो स्टेरीङ फेल हुन लागेको सवारी

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पवर्तले हिजो आइतबार सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरेको छ ।

कुश्मा नगरपालिका ६ शिवालय चोकमा प्राबिधिक सहित पुगेको ट्राफिक प्रहरीको टोलीले ५५ ओटा सवारी साधनहरुको अवस्थाका बारेमा परीक्षण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले दिएको जानकारी अनुसार ट्राफिक प्रहरीको टोलीमा सवारीका मेकानिकहरुलाई समावेश गराएर सवारी साधनहरुको अवस्थाका बारेमा जाँच गरिएको हो ।

चेकजाँचका क्रममा बिभिन्न ८ ओटा सवारी साधनहरु ठीक अवस्थामा नरहेको पाईएको छ । कतिपय सवारीको ३ ओटा र केहीको त्यो भन्दा कम पट्टाहरु भाँचिएको, तेलको ट्याङकी भुईँमा खस्न लागेको र टाईरेक्ट बीम अर्थात स्टेरीङ घुमाउँदा टायर मोड्ने डण्डीको नटहरु खसेर सवारी दुर्घटनाको उच्च जोखिममा रहेको पाईएको छ ।

ठीक अवस्थामा नरेहका सवारी साधनहरुलाई कारबाही स्वरुप राजश्व तिराईएको र तुरुन्त मर्मत गर्न लगाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताए। ठीक अवस्थामा नरहेका सवारीका यात्रुहरुलाई अन्य सवारीमा सारेर गन्तब्यमा पठाईएको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.