www.tandavnews.com
Fact ~ In search of truth

बलात्कार आरोप लागेका वडाध्यक्ष रेग्मी पुर्पक्षका लागि थुनामा

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज । 

शुक्लागण्डकी नगरपालिका ८का अध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षकालागि थुनामा राखिएको छ । युवती बलात्कारको आरोप लागेका रेग्मीलाई थुनामा राखिएको जिल्ला अदालत तनहूका श्रेस्तेदार सुदर्शन खनालले बताए ।

उनी विरुद्ध मंसिर ३ गते नगरपालिकामा र मंसीर ५ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कार गरेको उजुरी परेको थियो। मंसीर पहिलो सातादेखि फरार रहेका वडाध्यक्ष रेग्मी माघ पहिलो साता स्वयं जिल्ला प्रहरी कार्यालय तनहूँमा हाजीर भएको थिए ।

Batas

वडाध्यक्ष रेग्मीबारे ताण्डव फलोअप

फलोअप १ : वडाध्यक्ष रेग्मी विरुद्ध बलात्कारको उजुरी, घटना लुकाउँदै प्रहरी

फलोअप २ : बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मी फरार

फलोअप ३ : वडाध्यक्ष रेग्मी अझै फरार, ‘सेवा सुविधा कटौती’

फलोअप ४ : बलात्कार आरोप लागेका वडाध्यक्ष रेग्मी प्रहरी हिरासतमा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.