www.tandavnews.com
Fact ~ In search of truth

गर्भवती युवतीकी हत्यारा रविलाई ३० बर्ष जेल सजाय

म्याग्दी ।

अन्नपुर्ण गाउँपालिका–७ घराम्दी बस्ने २० वर्षीया सबिता नेपालीलाई अपहरण शैलीमा गाडीमा लगेर कालीगण्डकी नदीमा फालेको घटनाका आरोपितलाई जिल्ला अदालत म्याग्दीले माघ २३ गते दोषी ठहर गर्दै ३० बर्ष कैद सजाय र १ लाख रुपियाँ जरिवानाको फैसला गरेको छ ।

बेनी नपा–९ काउलेगौँडाका सवारी चालक ३२ वर्षीय रवि खड्काले असार १४ गते गाडी सँगै सबितालाई नदीमा खसाएका थिए । २०७४ माघमा भएको म्याग्दी महोत्सव देखि दुईजनाको प्रेम सम्बन्धमा रहेको र सबिता गर्भवती भएपछि गाउँलेको भेलाले चार महिनाकी गर्भवती सबितालाई रविको जिम्मा लगाई पठाएको थियो ।

बेपत्ता भएका आरोपित र पीडित चढेको लु २ च २४५४ नम्बरको जिप कालीगण्डकी किनारमा सबिताका आफन्तले असार २२ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आरोपितका विरूद्ध उजुरी दिएका थिए । कालीगण्डकीमा खसाईएकी सविताको शव हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला न्यायधिश राजकुमार कोइरालाको आदेशले मुलुकी अपराध संहिता अनुसार हत्या अन्र्तगत २० बर्ष, शरिर बन्धक अन्र्तगत ८ बर्ष र घटनाको प्रकृती अनुसार २ बर्ष कैद थप गरी ३० बर्ष कैद तथा १ लाख जरिवाना तिराउने फैसला गरेको जिल्ला अदालत, म्याग्दीले जनाएको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.