www.tandavnews.com
Fact ~ In search of truth

सुशीलालाई श्रीमानले नै मारेको आरोप

अर्जुन गिरी
ताण्डव न्यूज, पोखरा ।

पोखरा–१४ चाउथेकी ४३ वर्षीया सुशीला कार्कीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भयो । मृत्य भएपछि सुशीलाका आफन्तले श्रीमान रामबहादुर कार्कीले हत्या गरेको भन्दै दावि गरे ।

विवाह भएकै वर्षदेखि रामबहादुरले सुशीलालाई कुटपिट गर्ने गरेको भन्दै स्थानीय पनि रामबहादुरको विरुद्धमा उत्रिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सोही दिन माघ २४ गतेनै रामबहादुरलाई पक्राउ ग¥यो । साथै सोही घटनामा संलग्न रहेको भन्दै एक महिलालाई कास्की प्रहरीले माघ २६ गते पक्राउ गर्यो ।

Batas

पटक–पटक घरेलु हिंसामा परेकी सुशीलालाई श्रीमानलेनै मारेको भन्दै आफन्तले कर्तव्य ज्यानमा उजुरी दिएका छन् । सोही अनु्सार कास्की प्रहरीले आइतबार कर्तव्य ज्यानमै म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

घटना क्रम…

पुस ११ गते राती सुशीलालाई श्रीमान रामबहादुरले कुटपिट गरे । शुशिलामाथी हातपात भएको त्यो घटना पहिलो पटक भने थिएन् ।

त्यसदिन दिउँसोनै श्रीमानको कुटाई सहेकी सुशीलाले राती भने सहन सकिनन् । ज्याननै जाने गरी कुटिएपछि सुशीला घरबाट भाग्दै छिमेकी बालकुमारी ओझाको घर गुहार्न पुगिन् ।

बालकुमारीको घरको पश्चिमतिरको सटरमा गुहार माग्दै हानिन् । त्यो आवाजले बालकुमारीको निद्र भने खुलेन् । तर उनका ठूला छोराले ‘ममी कसले सटर हानेछ’ भनेपछि बालकुमारी विउझिन् । सुशीलाले पहिचान भएपछि बालकुमारीले सटर नखोल्ने भन्दै गेटबाट आउन लगाइन् ।

रातीको ११ बजे रुदै आवाज सुनेपछि बालकुमारीले ‘के भयो ?’ भन्दै ढोका खोल्न नपाउदै सुशीलाले उनलाई अगालो हाल्दै भक्कानिइन् । श्रीमान रामबहादुरले एक जना महिलाको नाम किटान गर्दै ती महिलालाई कान्छी श्रीमतीको रुपमा ल्याउने भनेपछि भनाभन भएको सुनाइन् । ती महिलासँग मिलेर बस्न नसक्ने भनेपछि सुशीलालाई श्रीमानले कुटेका रहेछन् ।

आफ्नो व्यथा पोख्दै धेरेनै वेर सुशीला रोइ रहिन् । त्यसपछि बालकुमारीले घर पुर्याई दिइन् उनलाई । त्यसको भोलिपल्ट पुस १२ गते पनि दिनभरी घरमा झगडा भयो । त्यही घटनाका कारण सुशीला त्यसदिन साँझ विरामी भएर ढलिन । श्रीमान रामबहादुरले उपचारको लागि गण्डकी मेडिकल कलेज लगे । प्रेसरले हानेको भन्दै श्रीमानले अस्पताल पुर्याएका थिए ।

अस्पतालले उपचार सुरु गर्यो । केही हप्ताको बसाई पछि अल्लि ठिक भइन् । प्यारालाइसिस भएको भन्दै अस्पतालले थेरापी गर्नुपर्ने सल्लाह दियो । सोही अनुसार न्यूरोडमा रहेको स्पर्श आयुर्वेदमा उनको थेरापी सुरु भयो । त्यहाँ पनि श्रीमानले उनलाई गाली गर्ने र अर्की महिलालाईसँगै ल्याएर मानिसक तनाव दिने गरेको आफन्तले थाहा पाए ।

केही दिनको थेरापी उपचार पछि पुन सुशीलालाई गण्डकी मेडिकल कलेज ल्याइयो । माघ २४ गते सुशीलाको अस्पतालमै मृत्यु भयो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.