पोखरा
ताण्डव न्यूज ।
सुशीला कार्कीको पोष्टमार्टम रिपोर्ट आएपनि कास्की प्रहरीले दिन मानेको छैन् ।
अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले रिपोर्ट भन्न नमिल्ने बताए । ‘अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हामीले पोष्टमार्टम रिपोर्ट दिन मिल्दैन् ।’ भिसेरा रिपोर्टका लागि केही अंगहरु काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

अन्दाजी ८ः४५मा उपचारको लागि ल्याइएकोमा चिकित्सकले ८ः ५७ मा मृतक घोषणा गरेको डिएसपी गुरुङले बताए । आफन्तहरुले श्रीमानले टर्चर दिने गरेका कारण घटना घटेको भनी जाहेरी दिएका उनले सुनाए ।
‘सोही अनुसार अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘अनुसन्धानमा कुनै कमि कमजाेरी हुँदैन् ।’
सम्बन्धीत समाचार
सुशीलालाई श्रीमानले नै मारेको आरोप
सुशीला मृत्यु प्रकरण : न्यायका लागि समिति गठन
सुशीला मृत्यु प्रकरणबारे के भन्छन् स्थानीय ?
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.