पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख बसन्त चालिसेले प्रहरी ऐनलाई उल्लङ्घन गर्दै पदमा बसेको आरोप लागेको छ । प्रहरी ऐन विपरित र हालै महानगरपालिकाले तयार पारेको प्रहरी ऐनलाई बेवास्ता गर्दै चालिसे पोखरा महानगरपालिका स्थानीय निकाय कर्मचारी युनियनका अध्यक्ष पदमा बसेपछि विवादमा आएका छन् ।
महानगरपालिका प्रहरी ऐन अनुसार चालिसे संगठनमा बस्न नमिल्ने मेयर मानबहादुर जिसीले बताए । ‘यस विषयमा कुरा अघि बढेको छ,’ उनले भने, ‘मानेनन् भने कारवाहीकाे दायरमा ल्याईन्छ ।’

नैतिकताकै आधारमा पनि चालिसे बस्न नमिल्ने महानरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शेषनारायण पौडेलले बताए । ‘पहिला–पहिला सामान्यतया शाखा अधिकृतलाई यस्तो संगठनमा बस्न दिइन्थ्यो, अहिले पनि अन्य महानगरमा पनि यस्तो समस्या छ,’ उनले भने, ‘सुरक्षानै जोडिएको हुनाले चालिसे नैतिकताकै आधारमा बस्न हुदैन्थ्यो ।’
पौडेलका अनुसार महानगरले पेस गरेको नयाँ प्रहरी ऐनमा पनि नमिल्ने भनिएको छ । ‘यही नगर सभाले ऐन पास गरेको छ, त्यसको आधारमा पनि मिल्दैन,’ उनले भने ।
नगर प्रहरी प्रमुख चालिसेले नेपाल सरकारमा दर्ता भएका संगठनमा बस्न मिल्ने तर्क राखे । ‘दर्ता भएको संगठनमा मिलिहाल्छनी किन नमिल्ने,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘अरुहरु बस्न मिल्ने म नमिल्ने भन्ने हुन्छ ?’
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.